News Portal

भारतीय पेन्सन क्याम्प धरानले ७४औं गणतन्त्र दिवसको अवसरमा भव्य कार्याक्रम सम्पन्न गऱ्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५१७ पटक

धरान – धरान उपमहानगरपालिका धरान-१३ स्थित भारतीय पेन्सन वितरण क्याम धरानको फुस्रेमा ७४औं गणतन्त्र दिवसको अबसरमा एक विशेष कार्याक्रमको आयोजना गरी भव्य मनाएको छ।

भारतीय पेन्सन वितरण क्याम फुस्रेका कार्यालय प्रमुख मेजर भरत कोनजियाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना सहित ७४औं गणतन्त्र दिवस भव्य मनाएको हो। मेजर कनोजियाले आमन्त्रित प्रमुख अतिथि, अथिति र सुरक्षा प्रमुखहरुलाई विशेष स्वागत गरेको थिए।

आयोजित कार्यक्रमको प्रमुख अतिथिमा धरान उपमहानगरपालिका धरानका उपप्रमुख अइन्द्र विक्रम बेधा रहेको थिए। त्यस्तै धरान-१३ का वडाध्यक्ष नेत्र काफ्ले, सुरक्षा प्रमुखहरु, उधोग बाणिज्य संघका प्रतिनिधि लगायतका महानुभावहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

भूपु गोर्खाहरुका लागि डोरी तान खेल, सास्कृतिक विशेष नृत्य, साना बालबालिकाहरुका लागि विभिन्न रोचक खेल समेत रहेको थियो। त्यस्तै भारतीय सेनाका विभिन्न तहमा रहेर संस्था र देशका लागि योगदान दिनु हुने भूपु गोर्खा र परिवारलाई विभिन्न सम्मान समेत प्रदान गरिएको थियो।

आयोजित कार्यक्रमको अपसरमा गोर्खा भूपु पत्रिका मेजर कनोजिया र उपप्रमुख बेधाले संयुक्त रुपमा सार्वजनिक समेत गरेका थिए। त्यस्तै, बृहत रक्तदान कार्यक्रमको अबसरमा रक्तदान गर्नु हुने रक्तदाताहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो।

आयोजित उक्त कार्यक्रममा निःशुल्क स्वास्था शिविर परीक्षण, अशक्त भूपुहरुलाई ह्वील चियर वितरण र भूपुका आश्रीत परिवारलाई सम्मान समेत गरिएको थियो। आयोजित कार्यक्रममा उपस्थित प्रमुख अथिति, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै आयोजित कार्यक्रम भारतीय पेन्सन क्याम फुस्रेका प्रशासनिक प्रमुख कृष्णबहादुर मगरले संचालन गरेका थिए।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...