
धरान – गोर्खा वेल्फेयर ट्रष्टले धरान उपमहानगरपालिका धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्या समाधानका लागि गोर्खा वेल्फेयर ट्रष्टले खानेपानी स्तरोन्नतिका लागि बृहत आयोजना शुरु गरेको छ।
गोर्खा वेल्फेयर ट्रष्टले धरान-४ स्थित खर्दु खोलामा धरान खानेपानी स्तरोन्नतिका लागि २ लाख १२ हजार पाउण्ड स्टलिङ करिब नेपाली ३ करोड ३९ लाख रुपैया बराबरको लगानीमा धरानका मेयर हार्क साम्पाङ र गोर्खा मेजर झप्तमान लिम्बुले हिजो संयुक्त रुपमा खर्दु खोलामा शिलान्यास गरेका छन्।
गोर्खा वेल्फेयर ट्रष्टद्वारा निर्माण गर्न लागेको उक्त परियोजना अन्तरगत धरान खानेपानी स्तरोन्नतिका लागि खर्दु खोलामा तीन वटा इन्टेक निर्माण गरी थप अर्को पुरानो संरचनाको टंकी समेत मर्मत सम्भार सुधार गर्ने योजना रहेको क्षेत्रिय कार्यालय गोर्खा ट्रष्टको एडब्लुसी धरानका कार्यालय प्रमुख पूर्ण लिम्बुले जानकारी दिए।
पूर्वाञ्चल खानेपानीको प्रमुख कृष्णमान गुरुङले धरानका खानेपानी बोर्डसंग समन्वय गरेर सम्पूर्ण सर्वे र इलाइन्टमेन्टको काम सकेर निर्माण चरणमा पुगेको बताए। खर्दु खोलाको प्रकृति हेरेर तीन वटा इन्टेक वनाउन लागेको जानकारी समेत दिए। अहिले दैनिक ६ मिलियन लिटरको क्यापासीटी रहेको छ भने त्यसलाई बढाएर ९ मिलियन लिटरको क्यापासीटी बनाउने कार्ययोजना रहेको बताए।
धरान-१३ स्थित फुस्रेमा ४/४ वटा वेय कोठा ४ मिलियनको अर्को वेय थपेर २० मिलियन दैनिक क्यापासीटीको बनाउने योजना रहेको समेत पूर्वाञ्चल खानेपानीको प्रमुख गुरुङले जानकारी दिए।
उक्त आयोजना अन्तरगत सर्वे गर्दा र यसको एलाइन्टमेन्ट गर्दा पाईपलाइन भूमिगत गरेरै लाने कार्ययोजना रहेको छ। तर भौगोलिक अबस्थाले ठाउ ठाउमा क्रसिङ गर्दै लानु पर्ने भएको हुदा केहि कठीनाई रहेको बताए। त्यस्तै, सर्दु खोलामा पनी क्रसिङ गर्नु पर्ने छ। त्यहा अन्डर ग्राउण्ड क्रसिङ वनाइने छ। ठाउ ठाउमा भूक्षय र पहिरोबाट बचाउनका लागि रिटेनिङ वाल लगाइने छ।
यस आयोजनका अन्तरत ग्राउण्डमा काम गर्नका लागि पूर्वाञ्चल खानेपानीको प्रमुख कृष्णमान गुरुङ, कन्ट्रकशन इन्जिनियर प्रतिक गुरुङ, पिएचडी इन्जिनियर अनिश श्रेष्ठ, पिएम कृष्ण सुब्बा, प्रोजेक्ट सुपरभाईजर रामबहादुर राई रहेका छन् भने उक्त आयोजनामा दैनिक २८ जना दक्ष जनशक्ति र ३० जना लोकल लेबर दैनिक रुपमा खटिने र ६ महिना भित्र यो आयोजना निर्माण कार्य सम्पन्न गर्ने समेत गोर्खा वेल्फेयर ट्रष्ट धरानका प्रमुख पूर्ण लिम्बुले जानकारी दिए।
त्यस्तै, धरानका मेयर साम्पाङले धरानमा खानेपानीको समस्या भोक्दै आएको दशकौं भयो। थुप्रै थुप्रै मेयरहरु खानेपानीलाई आफ्नो चुनावी एजेन्डा बनाएर आउनु भो! म पनी त्यसरी नै आए! अब यो चुनावी एजेन्डाका लागि मात्रै राखी राखेर हुदैन भन्ने मेरो गहिरो बुझाई छ। त्यसो भएको कारणले जुन दिन म निर्वाचित भए त्यहि दिनदेखि मैले खोला धाउन थाले, सम्भावना खोज्न थाले ।
गोर्खा वेल्फेयर ट्रष्टले पूर्व पश्चिम गाउघरहरुमा धेरै सहयोग गरेको छ। खोटाङ भोजपुर सबै जिल्लाहरुमा योगदान रहेको देखे। त्यसपछि धरानको लागि प्रस्ताव गर्दा अत्यान्तै सकारात्मक रहनु भो! आफ्नो लेवलबाट पहल गर्नु भो जसको परिणाम निशानेमा २ लाख ३७ हजार लिटर क्षमताको पानीटंकी निर्माण सम्मपन्न भयो।
त्यो पहिलो ठोस उपलब्धि योगदान त्यसपछि यो दोस्रो ठोस बृहत योगदान हो। यो सहयोग जुटाई दिनु हुने गोर्खा वेल्फेयर ट्रष्टका प्रमुख लगायत सम्पूर्णमा यो योगदानको उच्च कदर गर्दछु। आयोजना निर्माणका क्रममा आवश्यक सहयोग, श्रमदान र आफ्नो भूमिका रहने समेत मेयर साम्पाङले बताए। भूपु गोर्खा सैनिकहरुको औषधि उपचारको खर्च धरान खानेपानीको लागि योगदान गरेको भन्दै उच्च कदर गर्ने समेत बताए ।