News Portal

हेटौंडामा एक किशोरमाथि चक्कु प्रहार दुइजना आरोपित पक्राउ

हिमालीसंचार संवाददाता
१९५ पटक

युवा राई/हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा एक किशोर लाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थानीय हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तान रहेका छन् । कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा–४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनिलाईआज दिउँसो चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

स्थानीय हटिया बस्ने अन्दाजी ३२ को सन्तोष राई र हेटौडा ९ लामसुरे बस्ने अन्दाजी १९ बर्षीय शुसिल मोक्तानले सहनिलाई चक्कु प्रहार गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।

डिएसपी कार्कीले बताए अनुसार चक्कु प्रहार गरी फरार रहेका दुवैलाई वडा प्रहरी प्रमुख केशर कुमार न्यौपानेको कमाण्डमा १७ सिसौघारीबाट चक्कु सहित पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते सहनिको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

यसअघि पनि हेटौंडाको मानसचोक र बसपार्क क्षेत्रमा चक्कु प्रहारको घटना भएको थियो । यसअघि पनी आरोपमा प्रहरीले पक्राउ गरेर कानूनी प्रक्रिया अगाडी बढाएको छ। हेटौंडामा पछिल्लो महिनामा सामान्य भनाभनका घटनामा पनि चक्कु प्रहारसम्म पुग्ने कार्य निन्दनिय रहेको मानव अधिकारकर्मीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...