
धरान – धरान उपमहानगरपालिका धरान-५ स्थित अधेरी खोला बगरमा एलानीपट्टी सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एक पक्की घरमा नगरले आज विहानै डोजरले भत्काएपछि धरान-५ का वडाध्यक्षको घरमा आक्रमण भएको छ। वडाध्यक्षले सुरक्षाको माग सहित प्रहरी जाहेरी दिएका छन्।
वडाध्यक्ष मनप्रसाद लिम्बु पहाडबाट आफन्त विरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएका कारण विरामी भेट्न धोपा क्याम गएको समयमा वडाकार्यालयका सहयोगी राजन राईलाई वडाध्यक्षको घरबाट बाहिर बोलाएर महिला समुहले भौतिक आक्रमण गरे त्यसपछि अन्य परिवारका सदस्यहरुलाई घरबाट बाहिर निकालेर कुटपिट गरेको वडाध्यक्षका छोरा दिपेन लिम्बुले बताए।
वडाध्यक्ष लिम्बुका अनुसार ‘मेरो छोराको आगामी १८ गते शुभ विवाह हुदैछ। त्यसका लागि घरमा निम्तो कार्ड वितरणका लागि छलफल भइरहेको समयमा राजन राईमाथि महिलाहरुले आक्रमण गरेका वडाध्यक्ष लिम्बुले बताए। राईको निधार र टाउकोमा चोट लागेको छ। उनी वडा कार्यालयको सहयोगी समेत हुन्।
वडाध्यक्ष लिम्बुका अनुसार ‘धरान-५ का पूर्ववडाध्यक्ष र उनका दाजुको नेतृवमा मेरो घरमा गएर परिवारका सदस्यहरुलाई घर बाहिर निक्ल्दै कुटेछन्, ‘उनले भने मलाई घरमा नभेटेपछि वडा कार्यालय त आउछ नि भन्दै आफु विरुद्ध नारा लगाउदै हिडेछन्।’
आज धरान -५ स्थित अधेरी बगरमा नगरको डोजरले घर भत्काएपछि आफ्नो घरमा आक्रमण गरेपछि वडाअध्यक्ष मनप्रसाद लिम्बु घर जान सकेका छैनन् । उनले पटक पटक नगर प्रमुखलाई फोन सम्पर्क गरेको गरेकै छु फोन उठेको छैन्। इलाका प्रहरी कार्यालय परिसरमा भेटिएका वडाअध्यक्ष लिम्बुका छोरा दिपेन भन्छन्, दिउसो नै आक्रमण गर्ने व्यक्तिहरुले राती रक्सी खाएर घरमा आएर जे पनि गर्न सक्छ । यस्तो अवस्थामा कसरी घरमा बस्ने ? उनी चिन्तित थिए।
धरान-५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले पुर्व वडाअध्यक्षसहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी: धरान – ५ का वडाअध्यक्ष मनप्रसाद लिम्बुले पूर्व वडाध्यक्ष सन्तोष लिम्बु र उनको दाजु लक्ष्मी भनिने जीवन लिम्बुसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका छन् । उनीहरुको अगुवाईमा ४०, ५० जनाको समुह घरमा आएर गालीगलौज, नाराबाजी गरेको र आफुलाई नभेटेपछि परिवारका सदस्यहरुलाई कुटपिट गरेको निवेदनमा उल्लेख छ ।
यस्तै, आफुलाई ज्यान मार्ने धम्कीसमेत दिएकोले कुनै पनि समयमा घटना घटाउन सक्ने भएकोले पक्राउ गरि आवश्यक कारबाही गर्न र शान्ति सुरक्षा दिलाउन वडाअध्यक्ष लिम्बुले माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक बुद्ध श्रेष्ठले जाहेरी आएको बताए। अब प्रहरीले मुद्दा दर्ता गरेर कानूनी प्रक्रियामा अघि बढ्ने बताए । राज्यले नियमपुर्वक गरेको काम (घर भत्काउने)मा चित्त नबुझे अदालतमा जाने कानूनी बाटो हुदाहुदै व्यक्तिको घरमा गएर हातपात गर्ने, कुटपिट गर्ने काम गर्न कसैलाई पनि छुट नभएको प्रहरी नावय निरीक्षक श्रेष्ठले बताए ।