News Portal

सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद सजाय तोकियो

हिमालीसंचार संवाददाता
३९५ पटक

युवा राई मकवानपुर – हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ घर भएकी सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद तोकिएको छ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले २४ वर्षीया सुस्मिताको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हो।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले ४ दिनको निरन्तरको बहस पछि गएको पुस २१ गते बिहीबार साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर गरेको थियो।

मकवानपुर जिल्ला अदालतले त्यसकै १६ औं दिनमा ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीको बहस पछि प्रतिवादीतर्फका अधिवक्ताहरुले पनि बहस गरेका थिए।

दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको हो । मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भुमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउँने सजायँको आधा सजायँ माग दाबी गरिएको थियो।
कपिलबस्तुको बाणगङ्गा नगरपालिका माइती भएको २४ वर्षीया सुस्मिता २०७७ असार २ गते आफ्नै घरमा मृत अस्थामा भेटिएकी थिइन् ।

सोही समयमा प्रहरी प्रमुख रहेका सुसिल सिंह राठौरको नेतृत्वमा मृतककै परिवार ससुरा प्रकाश थापा, सासु तुलसा थापा, आमाजु दुर्गा थापा र नन्द सीता थापालाई हत्याको आरोपमा पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा २०७७ असार १५ गते आरोपीहरुनै हत्यामा संलग्न भएको देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो।

आरोपमा पक्राउ गरेर सार्वजानिक गर्दै सुस्मितालाई ससूरा, सासू र कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रहेका सुसिल सिंह राठौरले जानकारी दिएका थिए।

 

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...