News Portal

सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद सजाय तोकियो

हिमालीसंचार संवाददाता
४४९ पटक

युवा राई मकवानपुर – हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ घर भएकी सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद तोकिएको छ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले २४ वर्षीया सुस्मिताको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हो।

मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले ४ दिनको निरन्तरको बहस पछि गएको पुस २१ गते बिहीबार साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर गरेको थियो।

मकवानपुर जिल्ला अदालतले त्यसकै १६ औं दिनमा ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो।
जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायधिवक्ता मुकुन्दहरी पौडेल, जिल्ला सहायक न्यायधिवक्ता राजेन्द्रमणि पौडेल, अधिवक्ताहरु राजेन्द्र शर्मा, मदनकुमार दाहाल, मनप्रसाद भट्टराई, अप्सरा बस्नेत, बालकृष्ण अधिकारीको बहस पछि प्रतिवादीतर्फका अधिवक्ताहरुले पनि बहस गरेका थिए।

दुर्गा र अरुण कार्कीलाई आपराधिक षडयन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको हो । मृतक सुस्मिताको सासु तुलसा कुमारी थापालाई मतियारको भुमिका निर्वाह गरेकाले मुख्य अभियुक्तको पाउँने सजायँको आधा सजायँ माग दाबी गरिएको थियो।
कपिलबस्तुको बाणगङ्गा नगरपालिका माइती भएको २४ वर्षीया सुस्मिता २०७७ असार २ गते आफ्नै घरमा मृत अस्थामा भेटिएकी थिइन् ।

सोही समयमा प्रहरी प्रमुख रहेका सुसिल सिंह राठौरको नेतृत्वमा मृतककै परिवार ससुरा प्रकाश थापा, सासु तुलसा थापा, आमाजु दुर्गा थापा र नन्द सीता थापालाई हत्याको आरोपमा पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा २०७७ असार १५ गते आरोपीहरुनै हत्यामा संलग्न भएको देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो।

आरोपमा पक्राउ गरेर सार्वजानिक गर्दै सुस्मितालाई ससूरा, सासू र कान्छी नन्दले लाठी र लोहोरोले टाउकोमा प्रहार गरी हत्या गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख रहेका सुसिल सिंह राठौरले जानकारी दिएका थिए।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...