News Portal

पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
१७५ पटक

युवाराई मकवनपुर – पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बर्ष २०२३का अध्यक्ष संगम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन्।कार्यक्रम कै अवसरमा बर्ष २०२२मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघसंस्थालाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो।

यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई निर्वाचन आयुक्त नवराज लामाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो।
बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२३लाई सफल बनाउने प्रतिबद्धता सहित कानुनी सल्लाहकारमा निरज रायमाझी, महासचिवमा संजय गोपाली, कोषाध्यक्षमा माधब कार्की, जनसम्पर्क अधिकारीमा बिक्रम गोपाली, शाखा सम्पादकमा सुबिन्द्रमान प्रधानलाई मनोनित गर्नुभएको छ।

पदस्थापन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, निबर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, समाजसेवी बिमल कुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...