News Portal

पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२०५ पटक

युवाराई मकवनपुर – पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बर्ष २०२३का अध्यक्ष संगम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन्।कार्यक्रम कै अवसरमा बर्ष २०२२मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघसंस्थालाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो।

यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई निर्वाचन आयुक्त नवराज लामाले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो।
बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२३लाई सफल बनाउने प्रतिबद्धता सहित कानुनी सल्लाहकारमा निरज रायमाझी, महासचिवमा संजय गोपाली, कोषाध्यक्षमा माधब कार्की, जनसम्पर्क अधिकारीमा बिक्रम गोपाली, शाखा सम्पादकमा सुबिन्द्रमान प्रधानलाई मनोनित गर्नुभएको छ।

पदस्थापन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, निबर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, समाजसेवी बिमल कुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...