News Portal

बागमती प्रदेशको अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल

हिमालीसंचार संवाददाता
३४३ पटक

युवा राई मकवनपुर- हेटौंडामा रहेको हेटौंडा अस्पताल  मदन भण्डारी विज्ञान प्रतिष्ठान न्यूनतम सेवा मापदण्ड अन्तर्गत अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ।
बिगतको बर्ष ६७ प्रतिसतबाट अहिले प्रदेशमै ८० प्रतिसत अङ्क ल्याउन अस्पताल सफल भएको हो ।
बागमती प्रदेशको राजधानीकै मुटुमा रहेको अस्पतालले गएको भाद्र १९ गते देखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको हो ।
अस्पतालमा क्याबिन र भिआइपी कक्षको समेत निर्माण गरिएको नयाँ भवनबाट सेवा सुचारु गरिएपछि थप सेवा मुखि बन्दै गइरहेको छ ।
अस्पतालमै vitamin_B_12, #vitamin_D, लगायत रगतमा अन्य स्पेशल  जाँच सहित अत्याधुनिक ल्याब सेवा र पहिलो पटक अत्याधुनिक भिडियो एक्स रे सहित स्वास्थ्य सेवा सुचारु गरि सकेको छ ।
आकस्मिक सेवा, काउन्टर, ल्याब, फार्मेसीका सेवाहरु अस्पतालमा वार्ड, क्याबिन, आइसियु, अत्याधुनिक सिटिस्क्यान सेवासहितको सेवा प्रदान गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा रहेको सरकारी अस्पतालमा दिनहुँ सेवा सु्बिधा विस्तार भएसंगै १ सय २ वर्षिय वृद्ध वुद्धाहरुको समेत अप्रेशन गरिने कार्यमा सफल भएको हो।
यसै विच मेसु डा. रामचन्द्र सापकोटाले अस्पतालमा रहेर आफुहरु काम गरेपनि सफल पार्न सबैको महत्वपुर्ण भूमिका रहेको बताए ।
अहिले अङ्क प्राप्त गदैगर्दा खुसी हुनुभन्दा पनि थप जिम्मेवारीको महसुस भएको र आगामी दिनमा अझै सेवामुखि बनाउने प्रयास रहने छ ।आगमाी समय १०० प्रतिसतै बन्ने मेसु डा. सापकोटाले बताए ।
अहिले ८० प्रतिसत पाईयो भनेर मख्ख भन्दापनि अझै जिम्मेवारी थपिएको आभास भएको र कमी कमजोरीमा सुधार गरेर सेवामा सहज र सेवामुखी बनाउन काम गर्नेमा जोड दिने बताए।
यसै विषयमा बोल्दै हेटौंडा अस्पताल बिकास समिति सदस्य उत्सव चौलागाइले भने हामी अस्पताललाई सेवामुखि बनाउने अभियानमा छौं र लागीरहन्छौ । याहा सम्म आउन एकजान मात्रै होइन । धेरैको भुमिका छ । त्यसैले सबै प्रति आभारी छौं ।
यहाँसम्म आइपुग्न अहोरात्र खटिनुहुने मेसु, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी विभिन्न बिधाका प्रशाशन कर्मचारी,कर्मचारी, कार्यालय सहयोगी, सुरक्षा गार्ड, जनप्रतिनिधि, आम नागरिक लगायत सन्चारकर्मीहरु त्यस्तै हेटौंडाउपमहानगरपालिका, बागमती प्रदेश सरकार, संघिय सरकार प्रति आभारी छौं ।”

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...