News Portal

एन-प्यव्सन बास्केटबल प्रतियोगिता सम्पन्न, पुरुषतर्फ धरान मेधा र महिलातर्फ सियोन स्कुल बने च्याम्पियन (फोटो फिचर)

विकास चाम्लिङ राई
३४२ पटक

धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन, नेपाल एन-प्याव्सन नगर कमिटीको आयोजनामा आयोजित अन्तर विद्यालय महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले चुमेको छ ।

आज शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२-३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८-७ अंकको अन्तरले पराजित गर्दै उपाधी चुमेका हुन । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९-४, १३-२, १४-१३ र ६-१२ अंक जोडेका थिए ।  महिला तर्फ सियोन र पर्वत स्कुलले ३-३, ४-०, ४-२ र ७-२ अंक जोडेका थिए ।

बिजेता तथा उपबिजेता खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुषतर्फ धरान मेघाका योगेश राई र महिला तर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन । प्रतियोगिताका हाइ स्कोरर पुरुषतर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन । सावनले प्रतियोगिता भरी तीन खेलबाट ब्यक्तिगत २५ अंक र स्वेताले २७ अंक जोडेका थिए । उनीहरुले मेडल र प्रमाण-पत्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

एन-प्याव्सनको खेलकुद सप्ताह अन्र्तगत सम्पन्न बास्केटवल प्रतियोगितामा कक्षा-१२ सम्मका महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका थिए ।  धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...