News Portal

  • धरानमा एन-प्याव्सन महिला पुरुष बास्केटवल शुरु; पाच टिम सेमिफाइनल प्रवेश (भिडियो सहित)

    विकास चाम्लिङ राई
    ३१४ पटक

    धरान/बिकास चाम्लिङ राई – राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श, सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।

    एनप्याब्सनको खेलकूद सप्ताह अन्तरगत वुधवारदेखि शुरु भएको बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान आदर्शले नवदयलाई, धरान आदर्शले कार्मेल स्कुललाई ३७-७, नवज्योति स्कुलले जुनियर पायनोरलाई ३७-१८ र लोटसले सियोनलाई २८-१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाई वाकओभर दिएपछि मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । 

    त्यस्तै, महिला तर्फ धरान आदर्शले जुनियर पायनोरलाई २५-४, सियोनले मेघालाई १५-१३, पर्वतले नवज्योतिलाई १७-१५को अंको अन्तरले पराजित गरेका थिए भने युएन स्कुलले कार्मेल स्कुललाई वाकओभर दिएका थिए । बिहिबार हुने सेमिफाइनलमा पुरुष तर्फ मेघा कलेजले धरान आदर्श र नवज्योतिले लोटस संग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ धरान आदर्शले सियोन र कार्मेलले पर्बत संघ भिड्ने छ ।

    प्रतियोगिताका संयोजक एवं धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले पानसमा द्धिप प्रज्वलन गरेर गरेका थिए । 

    कार्यक्रममा विशेष अतिथि एनप्याब्सनका केन्द्रिय सचिव राजेन्द्र गुरुङ, प्रदेश १ कोषाध्यक्ष प्रभास राजवङ्ग्सी, अल्फाबिटाका म्यानेजिङ डाइरेक्टर सन्जिव राई, सुनसरी बास्केटबल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ । प्रतियोगिताका विजेता तथा  उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण खेल धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...