News Portal

धरानमा खैरो हिरोइन र गाजा सहित ६ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२५० पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. १५ स्थित सुसन रोड बस्ने रन्सुर राई, सनोज राई र दिपक विश्वकर्मालाई खैरो हिरोईन र गाजा सहित प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, धरान वडा नं. ८ बाट धनकुटा सहित भूमि गाउपालिका वडा नं. ४ खोकम बस्ने भुमिराज राई र जनमध्वज राईलाई ५ वटा पोका गाजा सहित पक्राउ गरिएको र धरान वडा नं. १३ स्थित भृकुटी मार्ग बस्ने प्रर्शुराम गुरुङलाई समेत १७ किलोग्राम गाजा सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए। 

धरान वडा नं. १५ सुसन रोड बस्ने रन्सुर राईले लागूऔषध खैंरो हिरोइनको कारोबार गर्दछन् भन्ने गोप्य विशेष सूचनाको आधारमा माध ३ गते राती करिब २१ः३० बजे नीजको कोठामा ३१ बर्षीय सनोज राई र २४ बर्षीय दिपक बिश्वकर्मालाई ४ ग्राम ५०० मिलिग्राम खैंरो हिरोइन र २०० सय गाजा सहित प्रहरीले नियन्त्रणमा लिएका हुन्। 

धरान वडा नं. ८ भोटेपुल स्थित कोशी राजमार्ग सडक खण्डमा ट्राफिक चेकिङको क्रममा प्रदेश १-०२-०४१ प ४६४७ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकलमा सवार व्यक्तिलाई शंका लागि सोधपुछ गर्दा मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउपालिका वडा नं. ४ खोकु बस्ने २१ बर्षीय भूमिराज राई र मोटरसाइकल पछाडी सवार २१ बर्षीय जमनध्वज राईले बोकेका झोला चेकजाच गर्दा ५ पोका गाजा जम्मा ५ केजी सहित निजहरुलाई प्रहरीले नियन्त्रण लिएका छन्। 

त्यस्तै, गत पौष २४ गते साझ करिब ०७ः३० बजेको समयमा धरान वडा नं. १३ स्थित भृकुटी मार्ग बस्ने ४९ बर्षीय पर्शुराम गुरुङलाई धरान वडा नं.१२ छाताचोक स्थित सार्वजनिक बाटोमा को २ ह १८५७ नम्बरको हरियो रंगको अटो (टेम्पो) लाई चेकजाच गर्दा टेम्पोमा २०० ग्राम गाजा फेला परी बरामात गरेको थियो। नीजको घर खानतलासी गर्दा १७ किलोग्राम गाजा प्रहरीले बरामद गरेको छ। 

पक्राउ परेका व्यक्तिहरुलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी नावय उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...