News Portal

मोरङ जिल्ला समन्वय समितिले समिक्षा तथा असल अभ्यास कार्यक्रम सम्पन्न गऱ्यो

हिमालीसंचार संवाददाता
३४७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालीकामा एक दिने  समिक्षा समन्वय तथा असल अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

मोरङ जिल्ला समन्वय समिती मोरङले विराटनगर महानगर नगरपालिका, रंगेली नगरपालीका, सुनवर्सी नगरपालीका, कटहरी नगरपालीका, जहदा गाउँपालिका, रतुवामाई नगरपालिका, ग्रमथान गाँउपालिकाका प्रशासकीय अधिकृत, नगरप्रमुख, लेखा अधिकृत, इन्जिनियर लगायतको उपस्थिति रहेको थियो । 

मोरङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुसंग समिक्षा  समन्वय तथा असल अभ्यास आदान प्रदान कार्यक्रम नगरपालीकाको सभाहलमा गरिएको हो । कार्यक्रममा जिल्ला  समन्वय समिती मोरङका अध्यक्ष अजबर राई उपाअध्यक्ष उषा झा (ठाकुर) जिल्ला समन्वय समिती अधिकारी हरि प्रसाद भट्टाराई, लगाायतले स्थानीय तहको समिक्षा प्रस्तुति गर्दे  आर्थिक बिकास क्षेत्र, सामाजिक बिकास क्षेत्र, पूर्वाधार बिकास क्षेत्र, वन, बातावरण तथा बिपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, ढुङ्गा गिट्टी बालुवा उत्खनन तथा बिक्री व्यवस्थापन सम्बन्धी स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र बित्तिय सुशासन जोखिम मूल्याङ्कन  लगायतका बिषयमा जानकारी समेत गराएका थिए । 

कार्यक्रममा ४५ जना जनप्रतिनिधि लगायतको उपस्थिति समेत रहेको थियो । जिल्ला समन्वय समिती मोरङको आयोजना तथा रंगेली नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम गरेको जिल्ला समन्वय समितीका सुचना अधिकृत चन्द्रकला खनालले बताईन ।

प्रतिकृया दिनुहोस्

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...