News Portal

बदनाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

८४५ पटक

काठमाडौं : निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन् । अझ, सडक आयोजनामा त तिनको रजगज ज्यादा छ । पर्साको वीरगञ्जमा मुख्य कार्यालय रहेको पप्पु कन्स्ट्रक्सन त्यसैमध्येको एउटा कम्पनी हो । जसले सडक र पुल निर्माणका धेरै आयोजनामा ठेक्का हात पारेको छ । तर, पछिल्लो समय यो कम्पनी समयमा काम नसक्ने र गुणस्तर कायम नगर्नेका रुपमा बद्नाम छ ।

पुल निर्माणमा एकछत्र राज गरिरहेको पप्पु कन्स्ट्रक्सन अति बद्नाम हुँदा पनि उविरुद्धको आलोचना जनस्तरमै सीमित रह्यो लामो समयसम्म । रौतहट जिल्ला अदालतले पूर्जी जारी गरेपनि त्यसका अध्यक्ष सुमित रौनियार पक्राउ परेनन् । बरु, उनका बुबा संघीय संसदका सदस्य हरिनारायण रौनियारले राजनीतिक आडमा संभावित कारबाही रोक्ने प्रयास गरे । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असोज १९ गते पप्पुका तत्कालिन अध्यक्ष हरिनारायण, हालका अध्यक्ष सुमितसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरायो ।

पप्पुविरुद्ध परेको यो मुद्दा बर्दियाको जब्दीघाट पुल निर्माणसँग मात्रै सम्बन्धित हो । समयमै काम नसक्ने र गुणस्तर कायम नगर्ने भनेर बद्नाम रहेको यो कम्पनीसँग अहिले पनि २४ वटा पुल निर्माणको ठेक्का छ । सात वटा पुल निर्माणमा त अनियमितताको आशंकामा छानविन भइरहेको छ ।

२०६७ सालमा लिएको ठेक्का नै पूरा नगरेको पुप्पुले काम भने निरन्तर पाइरहेको छ । अहिले उसले लिएका सबै जोड्दा ठेक्का रकम मात्रै ११ अर्ब हाराहारी हुन्छ । राजनीतिक आडमा रौनियारले तराई–मधेसका मात्र होइन, राजधानी काठमाडौं र अन्यत्र पनि ठूला आकारका ठेक्का लिई काम अड्काए पनि भुक्तानी भने लिन भ्याएको देखिन्छ ।

भ्रष्टाचार मुद्दा खेप्नु केही अघि मात्रै पुप्पुलाई नेपाल राष्ट्र बैंकको बालुवाटारमा बन्ने भवनको ठेक्का जिम्मा लगाइयो तर, मुद्दा नै चलाइएका कारण २ अर्ब ६ करोड रुपैयाँको ठेक्का सम्झौता भने गरिएको छैन ।

सार्वजनिक खरिद ऐनको पहिलो संशोधन २०७३ अनुसार पूर्वयोग्यता समेत नहेरी भटाभट पप्पुलाई ठेक्का जिम्मा लगाइनुको मूल कारण राजनीति नै हो । नक्कली कागजात देखाएर ठेक्का हात लिन खोजेको भन्दै २०६८ सालमा एक वर्ष कालोसूचीमा परेको पप्पु कन्ट्रक्सन त्यसयता भने निरन्तर ठूला ठेक्का हत्याउन सफल भइरहेको छ । न्युज24नेपाल

प्रतिकृया दिनुहोस्

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...