News Portal

  • राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि धरानको विजयपुर चिटिक्क पारियो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २३८ पटक

    विजयपुर– धरान उपमहानगरपालिका धरान -१४ स्थित धार्मिक पर्यटकीय स्थल एतिहासिक विजयपुरगढीमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागतका लागि व्यापक तयारी पुरा गरी चिटिक्क पारिएको छ। 

    राष्ट्रपति भण्डारी धरान आउनु अघि चतरा, वराहक्षेत्र आउने वराहक्षेत्र नगरपालिकाले जनाएको छ । राष्ट्रपतिले वराहक्षेत्र स्थित सप्तकोशी कोकाहा खोला संगमस्थलमा लाग्ने मकर मेला तथा मकर स्नानको अवलोकन गर्ने चतरा आएउने भएकी हुन् । आजै राष्ट्रपति भण्डारीले काभ्रे पलाञ्चोक स्थित पलाञ्चोक भगवतीको दर्शन, पूजा अर्चना गरेर पुर्वाञ्चलको चतरा स्थित सप्तकोशी कोकाहा खोला हुदै धरान आउन लागेकी हुन् । 

    राष्ट्रपति भण्डारी आज माघ १ गते माधे संक्रान्तिको दिन धरान आउने भएकी छिन् । धरानको धार्मिक पर्यटकीय स्थलहरुको अबलोकनका लागि राष्ट्रपतिद्वारा विजयपुर स्थित दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा दर्शन एवं पूजा अर्चना गरिने कार्यक्रम रहेको छ ।

    आज पर्यटकीय स्थल धरान-१४ विजयपुरमा रहेका विशेषत दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा दर्शन एवं पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ। वडाध्यक्ष कृष्णप्रसाद भट्टराईका अनुसार दन्तकाली भगवती मन्दिरमा पूजा अर्चना गरी फर्किने क्रममा राष्ट्रपतिलाई नौ कन्याहरूबाट स्वागत गरिने बताए। 

    पिण्डेश्वर महादेव मन्दिरमा राष्ट्रपतिलाई ब्राह्मण बटुकहरूले श्वास्ति वाचन गरी स्वागत गर्ने तयारी छ । बुढासुब्बा मन्दिरमा परम्परागत विधि अनुसार राष्ट्रपतिद्वारा पूजा अर्चना गरिने कार्यक्रम छ। पिण्डेश्वर मन्दिर परिसरमा स्थानीय समाजसेवीहरूलाई भेटघाटको कार्यक्रम समेत राखिएको छ । 

    राष्ट्रपति भण्डारी विजयपुर क्षेत्रका मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने भएकाले विजयपुर प्रवेश स्थल चौकमा वडा समितिद्वारा स्वागतद्वार बनाएको छ। वडा समिति कार्यालयमा राष्ट्रपतिको आगमनको अवसरमा गरिने तयारी सम्बन्धि छलफल भएको समेत अध्यक्ष भट्टराईले जानकारी दिए । 

    राष्ट्रपति भ्रमणमा आउने भएपछि सुरक्षा निकाय, ट्राफिक प्रहरीका उच्च अधिकारीहरूले सुरक्षाका दृष्टिले मन्दिर परिसरहरूको अनुगमन गरेका थिए । उनीहरूले अनुगमनमा सहभागी मातहतका अधिकारीहरूलाई ट्राफिक तथा सुरक्षा व्यवस्थापनको निर्देशन समेत दिएका छन् 

    राष्ट्रपतिको आगमन वराहक्षेत्रमा बिहान ११ बजे तथा धरान विजयपुरमा दिउँसो १२ को समयमा हुने भनिए पनी निश्चित समय भन्दा विलम्ब हुन सक्ने बताएको छ । तथापि धार्मिक स्थल दर्शन, पूजा अर्चना एवं स्वागत ग्रहणमा समय लाग्ने भएकोले राष्ट्रपतिको धरान आगमनमा विलम्ब हुनसक्ने स्वागतका लागि खटिएकाहरूले बताए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...

    केपी ओली सरकार हिटलरी मार्गमा

    – कमला थापा २०८२ भदौ २३ गते। आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५...

    जेनजी आन्दोलनमा रबरको गोलीले लागेर पत्रकार घाइते

    काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर...

    जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

    काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा...

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...