News Portal

  • यलेदोङ ओपन महिला बास्केटवलको उपाधी धरान मेघा अलस्टारले उचाल्यो (भिडियो सहित)

    बिकास चाम्लिङ राई
    ४७९ पटक

    धरान – किराती समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले उचालेको छ।

    फाइनलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३-३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो । उपाधी सगै धरान मेघाले नगद सात हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपबिजेता बिर्तामोडले नगद ३ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

    प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन । उनले नगद १ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि किरात राई यायोक्खा, केन्द्रिय उपाध्यक्ष दोर्पाध्वज राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

    धरान बास्केटवल संघको आयोजनामा पौष २९ र ३० दुई दिने प्रतियोगितामा झापा, इलाम, मोरङ र धरानका १८ वटा टिमले सहभागिता जनाएको थियो । मेघा अल स्टारले प्रतियोगितामा अपराजित रहदै होलिल्याण्ड वि, धिरान आर्दश, मेघा ए, होलिल्याण्ड ए र फाइनलमा बिर्तामोड झापा टिम गरि ५ टिमलाइ पराजित गर्दै उपाधी जितेका हुन । 

    प्रतियोगितामा पुरस्कार ट्रफिहरुमा चिण्डो (वाबु) प्रयोग गरिएको थियो। किराती संस्कारमा चिण्डोलाई शुद्धताको प्रतिकको रुपमा मानिन्छ। किराती समुदायले सुख र दुख दुवै कार्यमा चिण्डोको प्रयोग गर्ने गर्दछ । प्रतियोगिता किरात न्यु इयर इभको रुपमा मनाउदै महिला बास्केटबल खेलाडिहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको सभाध्यक्ष नारायण सुबेदीले स्वागत मन्तव्यको क्रममा जानकारी गराए ।

    धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, अग्रज पत्रकार हर्ष सुब्बा, राजेश बिद्रोही, सचेत धरानका प्रबक्ता राम लिम्बू , पुर्व मिस्टर पुर्वाञ्चल हर्कराज लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...