
रबिन्द्र बराल/मोरङ – “कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न गरिएको छ।
मोरङको रंगेली ७ स्थित मेलिना गेष्ट हाउसमा सहकारीले उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ०७८ /०७९ को आयव्यय प्रस्तुत समेत गरिएको थियो । संस्थाले कुल १० करोड ४८ लाख ३३ हजार ९ सय ५३ रुपैया लगानी गरेको छ । संस्थाले १ करोड ७० लाख ९० हजार ५७ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च १ करोडौं ५७ लाख ५२ हजार ८ सय ८८ रुपैया गरेको छ ।
संस्थाले आयकर कट्टी गरि खुद नाफा १२ लाख ७० हजार ३ सय ११ रुपैया शुद्ध मुनाफा समेत गरेको संस्थाका कोषाध्यक्ष मनोजकुमार साहले बताए । कार्यक्रमको बार्षिक प्रतिवेदन संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुको साथै लेखा समितीको तर्फबाट लेखा प्रतिवेदन लेखा संयोजक धिरेन्द्रकुमार साहले प्रस्तुत गरेका थिए ।
उक्त संस्थाको १ हजार २१ जना शेयर सदस्य रहेका छन ।संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, कोभिड ऋण, फाईनान्सलाई वितिय कारोवार, गर्दे आइरहेको छ ।
त्यसैगरी संस्थाले यस बर्षदेखि प्रसुति खर्चे, गम्भीर रोग लागेका तथा दुर्धटनामा परेका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने समेत पारित गरेको छ । सो अवसरमा संस्थाले एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाललाई सहकारी क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै सम्मान पत्र समेत प्रदान गरेका थिए ।
सस्थाले जेष्ठ सेयर सदस्य सन्तलाल राजवंशी र महिला तर्फ बैजनी देवी सरदारलाई सम्मान समेत गरेका छन । त्यसैगरी बालबचतमा नविना लुईटेल उत्कृष्ट बचतकर्ता भएकी छन । कार्यक्रमा युवा उघामी मुकेश कुमार साह, मनिषा देवी सिंह, जयकृष्ण मंण्डललाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालीका मेयर दिलिप वगडिया, विशिष्ट अतिथि, भुमा पराजुली, तोयानाथ तिम्सिना र राकेश दाहल, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, स्थानिय कैलाश मंण्डल, जुगेश्वर प्रसाद ठाकुर, मनोजकुमार साह, प्रसाद ठाकुर लगायतको उपस्थिति समेत रहेको थियो ।
संस्थाका ऋण समितका संयोजक कामदेव मण्डलले स्वागत मन्तव्य दिएका थिए। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।