News Portal

  • धरान गल्फ क्लब र खुकुरी रमवीच एक बर्षे सम्झौता-पत्रमा हस्ताक्षर (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २५५ पटक

    धरान – धरान उपमहानगरपालिका धोपा क्याम्प गल्फ कोर्ट स्थित खुकुरी रम र धराम गल्फ क्लववीच खुकुरी एमेच्योर गल्फ ओपन प्रतियोगितालाई निरन्तरता दिनका लागि एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

    धरान गल्फ क्लबका महासचिव भरत तामाङ र दि नेपाल डिस्टीलरी प्रालिका एसिस्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानवीच गल्फ क्लब धोपा क्याम्प धरानमा एक बर्षे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। खुकुरी रमले गल्फ क्लब खेललाई प्रोत्साहन स्वरुप ११ लाख रुपैया दिने द्वि पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। 

    धरानमा खुकुरी रमले प्रायोजन गरेको एमेच्योर गल्फ प्रतियोगिताको पहिलो ससंस्करण धरानमा सम्पन्न भइसकेको छ। उक्त खेलको मुख्य प्रायोजनका लागि समेत खुकुरी रमले प्रायोजन गरेका थिए। उक्त खेल सफल भएसंगै खुकुरीले पुनः एक बर्षको लागि प्रायोजन गर्ने सम्झौता गरेको हो। ब्राण्ड मेनेजर प्रधानका अनुसार हरेक बर्ष सम्झौता गर्दै जाने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

    धरान गल्फ क्लबका महासचिव भरत तामाङले बर्षेनी खेलले निरन्तरता पाउने भएपछि खुकुरी रमलाई धन्याबाद दिएका महासचिव तामाङले गल्फ खेलाडी सुरेश प्याकुरेलको विशेष सहयोग रहेको समेत बताए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २९ गतेको राशिफल

    आज मंसिर २९, २०८२ (डिसेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...