News Portal

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त, भोली सपथ ग्रहण

हिमालीसंचार संवाददाता
२८४ पटक

धरान – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेका कार्कीले सपथ ग्रहण भोली लिने छन्।

उनी नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको प्रदेश सभा सतस्यहरुको समर्थनमा प्रदेश नं. १ को मुख्यमन्त्रीका लागि बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले  कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेशसभा अन्तरगत कुल ९३ सदस्यीय रहेको कार्कीको पक्षमा ६० जना प्रदेशसभा सदस्य सहितको हस्ताक्षर सहित प्रदेश प्रमुख खापुङ समक्ष पेश दाबी गरेका थिए। नेकपा एमालेका ४० प्रदेशसभा सदस्य, नेकपा माओवादी केन्द्रका १३ जना, राप्रपाका ६ जना र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यको समर्थन रहेको थियो।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...