News Portal

सूचना सम्बृद्धि बहु उदेश्यीय सहकारी संस्थाले १०औं साधारण सभा सम्पन्न गऱ्यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१८७ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली सूचना सम्बृद्घि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा सम्पन्न गरिएको छ।  

मोरङको रंगेली नगरपालिका-७ स्थित मेलिना गेष्ट हाउसको सभाहलमा बार्षिक साधारणसभा गर्दा संस्थाले आर्थिक बर्ष ०७८/०७९ सालको आय व्यय प्रस्तुत समेत संस्थाका सचिव सरोज कुमार साहले गरेका थिए । संस्थाको ऋण लगानी कुल २ करोड १० लाख ९४ हजार ७ सय ७ रुपैया लगानी रहेको छ ।  

संस्थाको कुल बचत १ करोड १२ लाख १८ हजार ८सय ७२ पुगेको छ। ५४ लाख ६८ हजार २ सय ८ रुपैयाँ २२ पैसा कूल आम्दानी गरी  कुल  खर्च ५३ लाख ९० हजार ३७ रुपैया २२ पैसा गरेको छ । संस्थाले  ७८ हजार  १ सय  ७१ रुपैया शुद्ध मुनाफा समेत  गरेको छ । संस्थामा ६ सय ३७ जना शेयर सदस्य रहेका छन । संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, क्षेत्रमा कृषि फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ। कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई समेत सम्मान गरिएको थियो । 

आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका संचालक सदस्य उमेश गुरुङ, संस्थाका अध्यक्ष सिनोद झा, सचिव सरोजकुमार साह, रंगेली बचतका अध्यक्ष कैलाश मंण्डल, सन नेपाल लाईफ बीमाका राजिव मिश्रा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई संबोधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र आर्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...