News Portal

धरानमा ‘तमु’ गुरुङ समुदायले हि’ल्हो भव्य मनाए, बरुण घले घोषित भए तमु राजा (भिडियोसहित)

हिमालीसंचार संवाददाता
४०४ पटक

धरान – धरानमा ‘तमु’ गुरुङ समुदायले आज शुक्रबार धरान उपमहानगरपालिका धरानमा भव्यताका साथमा तमु ल्होसार मनाएका छन्।

धरान वडा नं. १८ स्थित तमु गुरुङ समुदायको आफ्नै गुम्बामा आयोजित कार्यक्रममा ‘तो’ल्हो’ बाघ वर्गलाई विदाई गरी ‘हि’ल्हो’ विरालो वर्गलाई स्वागत गर्दै तमु गुरुङ समुदायले विभिन्न सास्कृतिक कार्यक्रम सहित आफ्नो मौलिक भेषभूषामा भेला भएका गुरुङ समुदायले भव्यताका साथमा ल्होसार मनाएका छन्। 

नेपाल बौंद्ध गुम्बा गुरुङ सेवा समितिको आयोजनामा आयोजित कार्यक्रममा धरान -१८ स्थित गुम्वामा आयोजित कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए। मेयर साम्पाङलाई समितिका अध्यक्ष बकसमान गुरुङले ‘तमु’ गुरुङ समुदायको मौलिक भांग्रा सहित फेटा गुथाएर सम्मान गरिएको थियो। 

आयोजित कार्यक्रममा प्रत्येक बर्ष तमु राजा धोषणा गर्ने परम्परा अनुरुप हाडी फुटाउने प्रतियोगिता मार्फत तमु राजा समेत धोषणा गरिएको थियो। हाडी फुटाउने खेलमार्फत धोषणा गरिने उक्त प्रतियोगितामा धरानका बरुण घले एक बर्षका लागि ‘तमु राजा’ घोषित गरिएको हो।

आयोजित उक्त प्रतियोगितामा हाडी फुटाउने प्रतियोगिता बाहेक छेलो, म्युजिकल चियर, तमु गुरुङ मौलिक सास्कृतिक नाच लगातका स्थानीय समाजका कालाकारहरुले मनोरन्जनात्मक नृत्यहरु समेत प्रस्तुत गरेका थिए। पछिल्लो समय युवा युवतीहरुले आफ्नो मौलिक भेषभूषामा बढ्दो आर्कषण रहेको तमु ल्होसारका उपस्थितिले प्रष्ट देखिन्थ्यो। आयोजित कार्यक्रम संस्थाकी सचिव कमला गुरुङले कार्यक्रम संचालन गरेकी थिइन्। 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...