News Portal

मोरङको रंगेली नगरका सिमानाहरुमा सुरक्षा व्यवस्था कडा हुदा तस्करी नियन्त्रण (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२२३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका डाइनिया, सिक्टि, मायागञ्ज, सोराभाग, कर्सिया, नोचा, चोप्राह लगायतको सिमाक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि सिमानाकावाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ।

नेपाल प्रहरीले सिमावर्ती नाकामा उच्च शर्तकता अपनाउदै सुरक्षा व्यवस्था कडा बनाएपछि सबै नेपाल-भारतका नाकाबाट चोरी तस्कारी नियन्त्रणमा आएको छ। इलाका प्रहरी कार्यालय रंगेलीको मातहतले २६ किलोमिटर नेपाल-भारतको सिमानाका जोडिएको छ । 

नेपाल-भारतका नाकामा नेपाल प्रहरीको आधादर्जन भन्दा बढी प्रहरी चौकी रहेका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमानाकामा २४ घण्टा डयुटी गरेपछि चोरी तस्करी नियन्त्रण तथा लागूऔषध ओसार पोसारमा समते नियन्त्रणमा आएको स्थानीयले बताए ।

नेपाल-भारतका नाकाहरुमा शान्ति सुरक्षमा समेत सुधार आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेश न्यौपानेले हिमालीसंचारडटकमसंग बताएका छन । नेपाल-भारतका प्राय प्रहरी चौकीहरुमा आवश्यता अनुसारको प्रहरीको दरवन्दि छैन । सिमानाहरुमा थोरै संख्यामा नेपाल प्रहरी परिचालन भएता पनि प्रहरीलाई परिचालन गरि आफुले सिमानावाट हुनसक्ने कुनै पनि प्रकारको अवान्छित गतिविधि हुन नदिएको न्यौपानेले बताएका छन   

आर्थिक बर्ष श्रावण महिनादेखि इलाका प्रहरी कार्यालय रंगेलीले  खाद्यान्न, लत्ताकपडा, गाई,गोरु लगायतबाट ३० लाख   बराबरको राजस्व संकलन गरिएको छ । सिमानाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अहोरात्र खटी रहने भएकाले चोरी तस्करी हुन लागेका लाखौ मुल्यका समान प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक न्यौपानेले बताए । 

नेपाल-भारत सिमानासंग रंगेली, डायनिया, कर्सिया, दादरवैरिया, वेतौना, कदमाहा तथा रामचौक लगायतका नेपाली वजार जोडिएका छन । सो वजारका नाका भएर केही वर्ष अघीदेखि खादान्न, कृषि उपज तथा पशुचौपाया लगायतका वस्तुहरु तस्करी हुने गरेपनि अहिले आएर सवै प्रकारका तस्करी नियन्त्रणमा आएको स्थानियले बताए ।  

इलाका प्रहरी कार्यालय रंगेली मातहतका सवै नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौबिसै घण्टा गस्ति र निगरानी गर्ने गरेकाले पनि तस्करी नियन्त्रणमा आएको स्थानीयले बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...