
धरान – धरान उपमहानगरपालिका धरान -१६ की ब्रेन ट्यूमर पिडीत स्नेहा राईको स्वास्थ्यामा सुधार नआएपछि थप उपचारका लागि भारतको भेलोर स्थित सिएमसी अस्पताल लाने तयारी गरिएको छ।
धरानकी स्नेहा राईको स्वास्थ्या अबस्था पहिले सामान्य रहेको थियो। सामान्य टाउको दुख्ने सिटामोल खाएपछि सञ्चो हुने भइरहन्थ्यो। धरानको विजयपुर अस्पतालका डाक्टरले सिटी स्क्यान रिपोर्ट हेरेपछि वीपी प्रतिष्ठान लान सुझाव दिएपछि घोपा क्याममा सम्भव नहुने भएपछि विराटनगर स्थित न्यूरो अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको स्नेहाकी जेठाजु नाथुराम राईले आयोजित पत्रकार सम्मेलमा जानकारी दिए।
विराटनगर स्थित न्यूरो अस्पतालमा पुनः सिटी स्क्यान र एमआईआर रिपोर्ट आउन अधि अचानक स्नेहा बेहोस भइ ढलेपछि डाक्टरले तुरुन्तै अपरेशनको लागि तयारी गर्न सल्लाह दिएपछि उनको अपरेशन गरिएको थियो। न्यूरोको रिपोर्ट अनुसार ट्यूमोर भएको देखियो। सिटी स्क्यान रिपोर्ट अनुसार ब्रेन ट्युमोर नभएको वरिष्ठ न्यूरो सर्जन वाईवि एम बहादुर रोकाया बताए। उनको सानो साना नशाहरुमा समस्या हुन सक्ने बताएपछि उनको अपरेशन गरिएको थियो। उनको अपरेशन सफल भए पनी स्वास्थ्यामा सुधार नभएको हो।
स्नेहाकी पारिवारिक श्रोतका अनुसार पाच महिनासम्म भ्यानटिलेटरमा राखेर उपचारपछि डाक्टरका सल्लाह अनुसार डिस्चार्ज गरी घरमा ल्याएको हो। अस्पतालले दिएको समयमा नियमित फलोअपको लागि न्यूरो अस्पताल लाने ल्याउने गरिएको उनका श्रीमान प्रविन राईले जानकारी दिए।
स्नेहालाई भारतको भेलोर स्थित सिएमसी अस्पतालका न्यूरो सर्जन डाक्टर जोसेपको टिमले उपचार गर्न लागेको नाथुराम राईले जानकारी दिए। डाक्टर जोसेफले विरामी हेरेर निर्णय लिने भनेपछि स्नेहालाई सिएमसी भारत लाने निर्णय गरिएको पारिवारिक श्रोतले जानकारी दिए।
गत सोमबार ट्यूमोर पिडीत स्नेहाकी निवासमा धरान-१६ मा पत्रकारहरु संग कुराकानी गर्दै हालसम्म ४० लाख रुपैया भन्दामाथि खर्च भएको समाजसेवी मिना सिङ्गक लिम्बुले जानकारी दिए। त्यस्तै, स्नेहा राईको उपचार्थ स्नेहा बचाउ अभियान संचालन भएपछि ३० लाख रुपैया भन्दा धेरै आर्थिक रकम संकलन भएको स्नेहा बचाउ अभियानकी अभियन्ता, गीतकार तथा समाजसेवी मिना सिङ्गक लिम्बुले जानकारी दिईन् ।
अभियन्ता सिङ्गकका अनुसार विभिन्न क्षेत्रबाट अभियन्ताहरु, सहयोगी महानुभावहरुको पहलमा आर्थिक रकम संकलन सम्भव भएको जानकारी दिइन्। यस अभियानमा धरान सासा ब्युटी पार्लरकी संचालिका कमला लिम्बु, समाजसेवी पूर्ण लिम्बु, कलाकार रेखा लिम्बु, सचेत धराने समुह, टिकटक स्टारहरु अमृत राई, अर्का टिकटक स्टार रोहित बुढाथोकी बाबाछोरी धरान, नुनक्वीन जोगुको आमा धरान, अनिता अन्छङ्बो हङकङ, इन्द्र बान्तावा, शिव बान्तावा नाना धरान, राजु गुरुङ अमेरिका, प्रदिप राई तेह्रथुम, शरिन ख्युङ्बा तामाङ धरान, संचारकर्मी विश्व लिम्बु, तिल बिक्रम सम्बाहाङ्फे बेलायत, तारा देवान अध्यक्ष लाइन्स क्लब अफ दन्तकाली धरान र धरानका मेयर हर्क साम्पाङ समेत अभियानमा जोडिएका जानकारी दिइन्।
स्नेहाकी जेठाजु नाथुराम राईले दिएको जानकारी अनुसार स्नेहालाई ट्रेन मार्फत भारत लाने तयारी गरिएको हो। विरामीको अबस्थाका कारण हवाई टिकट सम्भव नभएपछि ट्रेन मार्फत भरात लाने निर्णय गरिएको जानकारी दिए। नाथुराम राईले यस अभियान मार्फत आर्थिक सहयोग गर्नु हुने तमाम महानुभावहरुलाई विशेष नमन सहित आभार व्यक्त गरेका थिए। भारमा टिकटक प्रतिबन्ध रहेका कारण फेसबुक र व्हाट्सएप मार्फत हरसम्भव तपाई सबैसंग जोडिरहने जानकारी दिएका थिए।