News Portal

  • धरानको ८औं कार्यापालिका बैंठकमा सप्तरंगी पार्कको एजेन्डा बाहेक सबै एजेन्डाहरुमा समर्थन (भिडियो)

    हिमालीसंचार संवाददाता
    ३१८ पटक

    धरान – धरान उपमहानगरपालिका धरानको ८औं कार्यापालिका बैंठक करिब तीन महिनापछि प्रस्तुत १२ वटा एजेन्डाहरुमा सप्तरंगी पार्कबाहेक ११ वटा एजेन्डाहरुमा व्यापक छलफल गरी समर्थन भएको छ। 

    धरान उपमहानगरपालिका धरानको कार्यापालिकाको बैंठक  पटक पटक अबरुद्ध हुदै आएको बैंठक हिजो उपमेयर अइन्द्र विक्रम बेधाको समन्वयकारी भूमिकाको कारण नगर प्रमुख र वडाध्यक्षहरु र कार्यापालिका सदस्यहरुवीचको विवाद समाधान भएपछि आजको कार्यापालिको बैंठकले एजेन्डामा प्रवेश गरेको हो। 

    आइतबार उपमेयर अइन्द्र विक्रम बेधको विशेष पहलमा मेयर साम्पाङ, धरान वडा नं. १५ का वडाध्यक्ष नरेश इवारम, वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र) सहितको टोली विगतका तिक्तता र विवादका विषयमा छलफलमा जुटेका थिए। 

    कार्यापालिको बैंठकका एजेन्डामा प्रवेश गर्नुअघि मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्र विक्रम बेधा, धरान-१५ का वडाध्यक्ष नरेश इवारम, वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) र वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई “मनोज” आफ्ना धारण राखेका थिए। 

    मेयर साम्पाङले कार्यापालिको बैंठक सदन भएकाले बैंठकमा धेरै विषयमा महत्वपूर्ण कुरा उठ्ने बताएका थिए। विगतका विवादित विषयलाई विर्सिएर आगामी दिनमा सबैं मिलेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए। 

    त्यस्तै, मेयर साम्पाङपछि बोल्दै उपमेयर बेघाले विगतका घट्ना क्रमलाई बिर्सेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले विगतमा भएका गल्ति अब सच्चिएर जानुपर्नेमा जोड दिएका थिए । ‘विगतको कमीकमजोरीलाई सच्याउदै पाठ सिकेर अघि बढ्नुपर्छ।’ उनको भनाई थियो। 

    धरान वडा नं. १० का वडाध्यक्ष विवेक राईले बोल्ने समय माग्दै धरानलाई पर्यटकीय स्थलको रुपमा बालमैंत्री पार्कको रुपमा इटहरीको जस्तै पार्क वनाउनु पर्ने बताएका उनले सप्तरंगी पार्कको विषयमा सबैले छलफल गरेर निर्णय लिनु पर्ने बताएपछि मेयर साम्पाङले उसो भए अर्कैं स्थानमा बहुसास्कृतिक पार्क निर्माण गरौ भन्ने धारणा व्यक्त गरेका थिए। 

    धरान वडा नम्बर ६ का अध्यक्ष मातृका भट्टराईले मेयरले राखेको एजेन्डा धरान विकासको लागि नै सोचेर राखेको बताउँदै साना सान विवादमा अल्झिन नहुने धारणा राखेका थिए । त्यस्तै वडा नं. १४ का वडाध्यक्ष कृष्ण भट्टराईले पनी विजयपुर परिसरमा बहुसास्कृतिक पार्क निर्माणका लागि आफ्नो धारणा राखेका थिए। 

    कार्यपालिका बैठकमा नाका र परिमानको धरान हुदै बग्ने ५ वटा खोला सेउती, सर्दु, सेहरा, अँधेरी र पटनालीका विभिन्न बगरहरुबाट नदि-खोला जन्य पदार्थहरु उत्खन्न तथा संकलन गर्न आवश्यक मापदण्ड बारे प्रोजेक्टर मार्फत प्रदिप राई वातावरण अफिसरले प्रस्तुत गरिएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...