News Portal

वीपी कर्मचारी सामाजको अध्यक्षमा महेश्वर राईले गरे उम्मेदवारी घोषणा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२७७ पटक

धरान – सुनसरी धरान स्थित वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानको करामचारी कल्याण समाजको निर्वाचनका लागि महेश्वर राईले अध्यक्ष पदका लागि पत्रकार सम्मेलन मार्फत आफ्ना उम्मेदवारी धोषणा गरेका छन्। 

आज विहान आयोजित पत्रकार सम्मेलनमा आगामी पौष २३ गते हुन गइरहेको वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानमा समाजको निर्वाचन हुदै छ। वीपी प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित र प्रतिष्ठानको विकासको लागि महेश्वर राईले नेतृत्व लिन अध्यक्षका लागि उम्मेदवारी दिने धोषणा गरेका हुन्। 

आयोजित पत्रकार सम्मेलनमा महेश्वर राईले प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित, कर्मचारी अधिकार र प्रतिष्ठानको समग्र विकासको लागि बोल्दै आएका जिकीर गरेका राईले समग्र प्रतिष्ठानको विकासको लागि रचनात्मक काम गर्नका लागि उम्मेदवारी  धोषणा गरेको बताए। 

वीपी प्रतिष्ठानका व्यवस्थापनसंग आवश्यक छलफल र सहकार्य गर्न समाज व्यवस्थापनकै अभिन्न अंग भएकाले प्रतिष्ठानको सुधारका लागि आवश्यक रहेका बताएका राईले प्रतिष्ठानका कर्मचारीको पेशागत हकहितको लागि समाजको अध्यक्षमा उम्मेदवार दिएका थिए।

आयोजित पत्रकार सम्मेलनमा समाजका नेतृत्व लिन स्वतन्त्र व्यक्ति हुनु पर्ने निर्देशिका रहेको उल्लेख गर्दै आफु कुनै पनी पार्टीमा आवद्ध नरहेको स्पष्ट पारे। वीपी प्रतिष्ठानको कर्मचारी रहेसम्म कुनै पार्टीको सदस्य नलिने बताए। वीपी प्रतिष्ठानका समाजले निर्वाचन समितिले सार्वजनिक गरेका मतदाता संख्या करिब १३२६ जना कर्मचारी रहेको जनाएको छ। पछिल्लो समय सिनेटले मान्यता दिएर नियमावली संशोधन गरेपछि समाजले आधिकारिक मान्यता पाएपछि बैंधानिक निर्वाचन हुन लागेको हो। 

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...