News Portal

  • संस्थाको नाममा ठगी गर्ने शान्ता खड्का विरुद्ध कारवाहीको माग सहित प्रहरीमा उजुरी ( भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २३२ पटक

    धरान – महिला सञ्जालको नाममा सुनसरीको धरानमा घटेको विभिन्न घटनामा ठगी धन्दा गर्ने धरान-१४ की शान्ता खड्का विरुद्ध कानूनी कारवाहीका लागि महिला सञ्जालले प्रहरीमा उजुरी दिएको छ।

    धरानमा महिला हिंसा तथा गम्भीर प्रकृतिका धटनाहरुमा मिला-पत्र गर्ने बहानामा ठगी धन्दा गर्दै आएकी धरान-१४ की खड्का विरुद्ध हिजो शुक्रबार महिला सञ्जालले कारवारीको माग सहित शुक्रबार इलाका प्रहरी कार्यालय धरान सुनसरीमा मुद्धा दर्ता गराएका हुन्। 

    महिला सञ्जालकी अध्यक्ष सपना राईले इलाका प्रहरी कार्यालयमा दिएको निवेदनमा धरान १७ की रविना चौधरीको मृत्यु भएको घटनामा थुनामा रहेको उनको श्रीमानलाई मुद्धा मिलाइदिने भन्दै खड्काले बर्गेनिङ गरेको अडियो, छरछिमेक र एफडिसी मिडिया मार्फत सार्वजनिक गरेको उल्लेख गरेकी छिन् । आरोपित खड्काले पटक पटक महिला सञ्जालको नाममा धरानका सर्वसाधारणहरुलाई ठगी गर्दै आएको र अपराधिक कार्य गर्दै गएकोले अनुसन्धान गरि कानून वमोजिम कारबाही गर्न र भविष्यमा यस्तो अपराध हुन नपाउने व्यवस्था गर्न पनि महिला सञ्जालले माग गरेको छ ।

    इलाका प्रहरी कार्यालय धरानमा मुद्धा दर्ता गर्नु अधि महिला सञ्जालले ड्रमल्याण्ड होटलमा पत्रकार सम्मेलन गर्दै शान्ता खड्का महिला सञ्जालमा आवद्ध नरहेको स्पष्ट जानकारी दिएका थिए । उनले महिला सञ्जालको नाम लिएर केही गिरेह निरन्तर महिला सञ्जालको वदनाम गर्ने काम गरिरहेको भन्दै सञ्जालले आपत्ति र निन्दासमेत गरेको छ । ‘कानून विपरीत कुनै पनि कार्यहरुमा महिला सञ्जाल हिजो पनि समावेश थिएन, आज पनि छैन, र भविष्यमा हुने छैन। 

    धरान-१४ की खड्काले धरान १७ मा केही दिनअघि मात्र मृत्यु भएकी चौधरीलाई जर्बजस्ती करणी मुद्दामा थुनामा रहेका श्रीमानको मुद्दा मिलाइ दिने भनेर महिला सञ्जालको नाम लिएकी खड्काले पैसाको  बार्गेनिङ गरेको मृतकका आफन्त र एफडिसी मिडिया मार्फत जानकारी पाएको थिेए। महिला सञ्जालले पत्रकार सम्मेलन मार्फत खड्का महिला सञ्जालको सदस्य नभएको प्रष्ट पारेका थिए ।

    पहिले पनी खड्काले महिला सञ्जालको नाममा ठगी धन्दा गरेको विषयमा प्रहरी कार्यालयमा बोलाई आइन्दा त्यसो नगर्ने सर्तमा छोडिएको सञ्जालकी अध्यक्ष राईले बताए। ‘हामीले त्यति बेला नै कानूनी कारबाहीमा जाने भनेका थियौं, तर वलियो प्रमाण थिएन, र प्रहरी कार्यालयमा छलफलमा बोलाएर अबदेखि त्यसो नगर्ने सर्तमा छोडेकी सञ्जालकी अध्यक्ष राई बताए। 

    महिला सञ्जालकी सचिव इन्द्रकला राईले प्रहरीलाई पनि बद्नाम गरेकी खडकालाई कारबाही गर्नु पर्ने बताईन्। त्यस्ता गलत व्यक्तिविरुद्ध कानूनी कारबाही र निरुत्साहित गर्न प्रचलित कानून अनुरुप कारवाही गर्नु पर्ने बताइन्। 

    त्यस्तै, इलाका प्रहरी कार्यालयमा भेटिएकी धरान ८ कि नम्रता गुरुङसंग महिलाहरुको हकहितका लागी संस्था खोल्ने भन्दै करिब १५ हजार रकम समेत लिएको समेत बताएकी छन । गुरुङले आफुले पैसा धरानका विभिन्न दिदिबहिनीहरुसंग रकम  उठाएर खड्कालाई दिएकी बताइन्। तर, संस्था दर्ता गर्ने समयमा एक महिला दिदिको मुद्धा आएपछि मुद्धा मिलीसकेपछि गीता दिदिलाई पैसा मागौ भन्दै गतिबिधी गरेपछि आफुले समेत उनको साथ छोडेकी बताइन् । उनले कुनै पनी रकम फिर्ता नदिएको बताएकी छिन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...