News Portal

धरानमा स्कुटी दुर्घटना हुदा एक युवाको मृत्यु

हिमालीसंचार संवाददाता
५२० पटक

धरान – धरानको आचार्य लाइनमा स्कुटी दुर्घटना हुदा एक जना युवाको मृत्यु भएको छ। धरान-९ स्थित आचार्य लाइनको भित्री सडक खण्डमा को३२प८२३७ नम्बरको स्कुटी दुर्धटना भएको प्रहरीले जनाएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जानकारी दिए अनुसार स्कुटरमा विहिबार दुर्घटना भएको हो। धरान -१९ का ४३ बर्षीय वीरेन्द्र लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा लिम्बुको अनुहार, हात र खुट्टामा चोट लागेका उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। गम्भीर अबस्था रहेको लिम्बुको उपचारको क्रममा राती साढे तीन बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...