News Portal

मेयर साम्पाङलाई अदालतको झट्का, माया धराने साबुन उद्योग निर्माण रोक्न अन्तरिम आदेश

हिमालीसंचार संवाददाता
२६८ पटक

धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० स्थित नमूना टोलमा जनश्रमदान मार्फत निर्माण हुदै गरेको माया धराने साबुन उद्योग निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएको छ।

सव डिभिजन वन कार्यालय विष्णुपादुका तथा डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रमा साबुन उद्योग निर्माण कार्य अघि बढाएको भन्दै परेको एक रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले मेयर साम्पाङ र धरान उपमहानगरपालिका विरुद्ध अन्तरिम आदेश जारी गरेको हो। 

माया धराने साबुन उधोग निर्माण रोक्न उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश गर्दै निर्माण कार्य रोक्न आदेश दिएको हो। 

डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गामा उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गरेर मात्रै निर्माण कार्य अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो। वनको उक्त आग्रहप्रति अटेर गर्दै मेयर साम्पाङले उद्योग निर्माणलाई अघि बढाएको भन्दै डिभिजन वन कार्यालयका वन अधिकृत भीमबहादुर कालिकोटेले उप्रेषणयुक्त परमादेश जारी गर्न मागसहित उच्च अदालत विराटनगरमा रिट हालेको थियो। 

मेयर साम्पाङले धरान वडा नं. ८ स्थित वन कार्यालयको नक्सा पास गरेको छ छैन? प्रश्न गरेका छन्। त्यस्तै, धरान वडा नं. ४ छोटी मोरङ स्थित भेडेटारदेखि धरान तर्फको जलाधार मासेर खान खोज्नेहरुको विरुद्ध वन विभाग बोल्यो बोलेन? प्रश्न गरेका छन्। 

मेयर साम्पाङले म र माया धराने उधोगका पक्षमा मुद्धाको विषयमा अधिबक्ता स्वागत नेपालले बहस गर्न लागेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...