News Portal

  • मेयर साम्पाङलाई अदालतको झट्का, माया धराने साबुन उद्योग निर्माण रोक्न अन्तरिम आदेश

    हिमालीसंचार संवाददाता
    २२२ पटक

    धरान – धरान उपमहानगरपालिका धरान वडा नं. २० स्थित नमूना टोलमा जनश्रमदान मार्फत निर्माण हुदै गरेको माया धराने साबुन उद्योग निर्माण कार्य रोक्न अन्तरिम आदेश दिएको छ।

    सव डिभिजन वन कार्यालय विष्णुपादुका तथा डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रमा साबुन उद्योग निर्माण कार्य अघि बढाएको भन्दै परेको एक रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले मेयर साम्पाङ र धरान उपमहानगरपालिका विरुद्ध अन्तरिम आदेश जारी गरेको हो। 

    माया धराने साबुन उधोग निर्माण रोक्न उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश गर्दै निर्माण कार्य रोक्न आदेश दिएको हो। 

    डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गामा उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गरेर मात्रै निर्माण कार्य अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो। वनको उक्त आग्रहप्रति अटेर गर्दै मेयर साम्पाङले उद्योग निर्माणलाई अघि बढाएको भन्दै डिभिजन वन कार्यालयका वन अधिकृत भीमबहादुर कालिकोटेले उप्रेषणयुक्त परमादेश जारी गर्न मागसहित उच्च अदालत विराटनगरमा रिट हालेको थियो। 

    मेयर साम्पाङले धरान वडा नं. ८ स्थित वन कार्यालयको नक्सा पास गरेको छ छैन? प्रश्न गरेका छन्। त्यस्तै, धरान वडा नं. ४ छोटी मोरङ स्थित भेडेटारदेखि धरान तर्फको जलाधार मासेर खान खोज्नेहरुको विरुद्ध वन विभाग बोल्यो बोलेन? प्रश्न गरेका छन्। 

    मेयर साम्पाङले म र माया धराने उधोगका पक्षमा मुद्धाको विषयमा अधिबक्ता स्वागत नेपालले बहस गर्न लागेको जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...