News Portal

गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
११६५ पटक

धरान – गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पा ‘दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

विगत धेरै लामो समयदेखि मकाउलाई कर्मथलो बनाएको गायक तथा संगीतकार पेम्बा ग्याल्बु शेर्पाले दोस्रो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गायक शेर्पाले पहिलो गीत चर्चित गायिका सुनिता थेगेमसंग ‘ए साइला तमोरै दोभान’ सार्वजनिक गरेका थिए। यस पटक आफ्नै शब्द संगीतमा गायक तथा संगीतकार शेर्पाले चर्चित गायिका रचना रिमालसंग युगल आवाजमा उक्त म्युजिक भिडियो मकाउमा छायांकन गरेर सार्वजनिक गरेका हुन्। 

सार्वजनिक गीतको एरेन्ज मनोज साङसोन राई, रेकर्डिङमा सुरेश राई तथा मनोज साङसोन राई र मिक्सिङ मास्टरिङ राजु कार्कीले स्टुडियो किङमा रेकर्ड गरिएको हो। क्रोसमा दिपा तामाङ, लिला राई रहेकी छिन्। 

सार्वजनिक गीतको पेम्बा ग्याबु शेर्पा, पार्वती राई लिम्बु, आयुष राई, अमृता राई, दावा शेर्पा, छिरिङ शेर्पा, गेस्ट आर्टिसमा गीत श्रेष्ठको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियो छायांकन धन खालिङ नेपाल र डन मगरले मकाउबाट छायांकन गरेका हुन्।

सार्वजनिक भिडियोको लागि दावा धुनदुक शेर्पा अस्ट्रेलिया, तेन्जी वङमो शेर्पा अस्ट्रेलिया, छिरिङ फुटी शेर्पा नेपाल, तुला प्रर्वत मकाउ,हिस्सी शेर्पा नेपाल, विमला शेर्पा युएसए र शेर्पा समाज मकाउलाई विशेष धन्याबाद दिएका छन्। 

भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...