News Portal

  • धरानको कार्यापालिका बैंठक अबरोधको विरुद्धमा भानुचोकमा सचेत धराने समुहले गऱ्यो शान्तिपूर्ण विरोध प्रर्दशन (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    २२० पटक

    धरान – धरान उपमहानगरपालिकाको कार्यापालिका बैठक निरन्तर अबरुद्ध हुदै आइरहेको विषयलाई लिएर सचेत धराने समुहको आयोजनमा धरानको मुख्य बजार क्षेत्रमा शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको छ। 

    “खबदारी र जनचेतनामा हाम्रो आवाज” भन्ने मुल नाराका साथमा सचेत धराने समुहले हिजो पौष ६ गत्ते बुधबार भानुचोकमा शान्तिपूर्ण विरोध प्रर्दशन गरेको हो। धरानको जनप्रतिनिधिहरुले जनभावना, जनताको म्यानडेट अनुरुप गम्भीर नभएको हुदा खबदारी स्वरुप ध्यानाकर्षण गरिएको सचेत धराने समुहका प्रबक्ता राम लिम्बुले बताए। 

    सचेत धराने समुहका अध्यक्ष निरज लिम्बुका अनुसार धरानको कार्यापालिकाको बैंठक सुचारु गर्नका लागि मेयर साम्पाङले कार्यापालिका सदस्यहरुसंग मिलेर अघिबढ्न अनुरोध गर्न, कार्यापालिका सदस्यहरुले बैठकमा उपस्थिति र उनीहरुले शिष्टचार भाषा प्रयोग गरेर मिलेर जानुस् भन्ने उदेश्यले विरोध पनी होइन, कसैलाई नराम्रो देखाउन पनी होइन मिलेर जानु पर्छ भन्ने सन्देश दिनका लागि शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको बताए। 

    “दोष नदिऔं अरुलाई, विकास गरौं सच्याएर आफैलाई” विकास र सम्बृद्धिका लागि धराने महिला समुहले पनी कार्यापालिका बैंठक अबरोध विरुद्धमा शान्तिपूर्ण विरोध प्रर्दशनमा सहभागि भएर धरानका मेयर, वडाध्यक्षहरु र कार्यापालिका सदस्यहरुलाई कार्यापालिका बैंठक सुचारु गर्न दवाव स्वरुप अनुरोध गर्न उपस्थित भएको बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...