News Portal

धरानको कार्यापालिका बैंठक अबरोधको विरुद्धमा भानुचोकमा सचेत धराने समुहले गऱ्यो शान्तिपूर्ण विरोध प्रर्दशन (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२६८ पटक

धरान – धरान उपमहानगरपालिकाको कार्यापालिका बैठक निरन्तर अबरुद्ध हुदै आइरहेको विषयलाई लिएर सचेत धराने समुहको आयोजनमा धरानको मुख्य बजार क्षेत्रमा शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको छ। 

“खबदारी र जनचेतनामा हाम्रो आवाज” भन्ने मुल नाराका साथमा सचेत धराने समुहले हिजो पौष ६ गत्ते बुधबार भानुचोकमा शान्तिपूर्ण विरोध प्रर्दशन गरेको हो। धरानको जनप्रतिनिधिहरुले जनभावना, जनताको म्यानडेट अनुरुप गम्भीर नभएको हुदा खबदारी स्वरुप ध्यानाकर्षण गरिएको सचेत धराने समुहका प्रबक्ता राम लिम्बुले बताए। 

सचेत धराने समुहका अध्यक्ष निरज लिम्बुका अनुसार धरानको कार्यापालिकाको बैंठक सुचारु गर्नका लागि मेयर साम्पाङले कार्यापालिका सदस्यहरुसंग मिलेर अघिबढ्न अनुरोध गर्न, कार्यापालिका सदस्यहरुले बैठकमा उपस्थिति र उनीहरुले शिष्टचार भाषा प्रयोग गरेर मिलेर जानुस् भन्ने उदेश्यले विरोध पनी होइन, कसैलाई नराम्रो देखाउन पनी होइन मिलेर जानु पर्छ भन्ने सन्देश दिनका लागि शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको बताए। 

“दोष नदिऔं अरुलाई, विकास गरौं सच्याएर आफैलाई” विकास र सम्बृद्धिका लागि धराने महिला समुहले पनी कार्यापालिका बैंठक अबरोध विरुद्धमा शान्तिपूर्ण विरोध प्रर्दशनमा सहभागि भएर धरानका मेयर, वडाध्यक्षहरु र कार्यापालिका सदस्यहरुलाई कार्यापालिका बैंठक सुचारु गर्न दवाव स्वरुप अनुरोध गर्न उपस्थित भएको बताए। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...