News Portal

मुस्कुराउँन सकूँ अन्तिम क्षणमा – सरण कुमार राई

हिमालीसंचार संवाददाता
२८५ पटक

मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर
फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई
श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्-सम्झेर
बाचिरहेको म अहिले मुस्कुराउँछु-मलाई
मृत्यु पछाडि चढाइने श्रद्धाञ्जलीको के अर्थ हुन्छ र ? मलाई
सम्झन्छु-अहिले म पाचिररेको बेला मुस्कुराउँनु चाहीँ महान् कुरो हो
कल्पिन्छु-अहिले म बाचिरहेको बेला हृदय कञ्चन रहनु चाहीँ महान् कुरो हो ।

महान् कुरो नै के हो र? महान् कुरा नै मैले के गरेँ र ?
सोधिरहेछु आफैलाई, सम्झना गरिरहेछु आफैलाई
माथिदेखि तलसम्म, तलदेखि माथिसम्म
जन्मदेखि मृत्युसम्म (भलै अहिले म मरिसकेको छुइन )
छिनामखुदेखि धरानसम्म, याङ्गटाङ्गदेखि कोशी माइसम्म
म कुनै पौडिने पौडिबाज होइन
म कुनै उड्ने कलाबाज होइन
तापनि एउटा जीवन पार गरिसकेको छु
एउटा अविरल शुक्ष्म कालखण्ड मानिसको-गुजारिसकेको छु
पुगेको छु-सबैले पुग्नैपर्ने एउटा अन्तिम किनारा
अन्तिम बिसौनी ! जसदेखि पर अर्को बिसौनी हुँदैन
जसदेखि पर अर्को यात्रा हुँदैन….सायद !?

सम्झनामा सजाइएका घुर्मैला धुनहरू
आज आफै बज्न दिऊँ , आफै फुक्न दिऊँ
मेरो बाजे करुवा कॉटी ठोकिएको स्थानीय कडा जुत्ता लगाएर
ठक्…ठक्…ठक्…हिड्नु हुन्थ्यो
बिहान बिहानै चाहार्नुहुन्थ्यो गाउँ, पुग्नु हुन्थ्यो घरघर
एकानब्बे वर्ष बॉचेर परलोक हुनु भयो
तराइ नझर्नु भएको भए एक सय वर्ष बॉच्नु हुन्थ्यो कि !
मेरो बुबा छहत्तर वर्षमा परलोक हुनुभयो
आधुनिक सभ्यता वाहन चढन नचाहनु भएको भए
एकानब्बे वर्ष बॉच्नु हुन्थ्यो कि !
म कति बॉच्छु ? थाहा होला छिनामखु, थाङ्गटाङ्ग र धरानलाई
थाहा होला मिसावटयुक्त अर्धविषाक्त यो आधुनिक जमानालाई !?

बाच्न, कति बाच्छु ? प्रमुख कुरा होइन रहेछ
अन्तिम क्षणसम्म सन्तोषसँग मुस्कुराउँ न सक्नु महान कुरा रहेछ
सोच्नोस त मैले के गरेँ? के गरीन ?
मैले यो मानव सभ्यताको मरुभूमिमा एउटा कण थपिन?
सोच्नोस त यो अन्तराल समयमा एउटा क्षण थपिन ?
हुन त म नै के हुँ र ? मनै त हो नि…..
समयको अन्तराल अवधिमा बितेर जाने एउटा निमेष क्षण
बिशाल जंगलमा झरेर जाने एउटा पुरानो पात
तापनि याङ्गटाङ्गहरूकै थोपाहरूले बनेको हुन्छ समुद्र
निमेषहरूकै जोडले बनेको हुन्छ अनन्त अन्तराल समय
पातहरूकै रङ्गले जेलिएको हुन्छ जङ्गलको हरियाली !

त्यसैले फेरि एक पटक-पहिलो र अन्तिम पटक
खेलाएर-केलाएर हेरौँ, यो बृक्षजस्तो जिन्दगीलाई
यति थाकेको, पाकेको, बहकिएको यो मन, जीवनलाई
मर्न त पर्छ नै सबैले , तर
मर्नेबेला पश्चात्तापको आशु नहोस् आखामा
आशु आयो नै भने पखालिदेऊ थाङ्गटाङ्ग तिम्रो पानीमा
किनकि तिमी सधैं रहनेछौ र गुनगुनाइरहने छौ
सत्य, विवेक, स्वाभिमान, माया, जिन्दगी र धरतीका गीतहरूमा
बिर्साइदेऊ, विलिन गराइदेऊ मलाई ती तिम्रा गीतका धुनहरूमा
जीवनको अन्तिम बेलामा मुस्कुराउँन नसकेर-सम्झेर जीवन आखामा
आशु नै आयो भने पनि पखालिदेऊ याङ्गटाङ्ग तिम्रो पानीमा! तिम्रो कञ्चन पानीमा!!

शरणकुमार राई
धरान, सुनसरी कोशी नेपाल

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...