News Portal

  • खोटाङको बाक्सिला बजारमा भीषण आगलागी, पाच घर जल्दा ५ करोड भन्दा धेरै क्षति भएको अनुमान

    हिमालीसंचार संवाददाता
    ४२६ पटक

    बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको वडा नं. ४ बाक्सिला बजारमा साझ करिब ५ः३० बजे भीषण आगोलागी भएको छ।

    बाक्सिला बजारको मानेडाडामा बाक्लो जोडिएको घरहरु रहेकाले आगोलागी कसरी र कुन घरबाट आगोलागी शुरु भयो? अझै यकीन हुन नसकेको केपिलासगढी गाउपालिका उपाध्यक्ष गुरुराज राईले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    स्थानीय व्यापारी दिपक गुरुङ र रमेश परियारको घरबाट आगोलागी शुरु भएको अनुमान गरिएको छ। तर, कुन श्रोत र कसको घरबाट आगोलागी शुरु भयो यकीन हुन नसकेको उपाध्यक्ष राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि स्थानीय जनता, नेपाल प्रहरी, भीमा कन्सट्रक्सन प्रालि परिवार र डोजर अपरेटर पुर्ण घर्तीमगर लगायतले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उपाध्यक्ष राईले जानकारी दिए। 

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल राईको टोली आगलागी भएको बाक्सिला बजार तर्फ आइरहेको समेत उपाध्यक्ष राईले जानकारी दिए। स्थानीय श्रोत साधनको प्रयोग गरी आगो नियन्त्रण लिन स्काभेटर प्रयोग गरी थप दुर्घटना हुन नदिन पुरिएको ढिस्कोहरु खोतल्दै पानी खन्याउने काम भइरहेको उपाध्यक्ष राईले बताए। 

    आगोलागीबाट दिपक गुरुङ, रमेश परियार, डिल्लिकुमार श्रेष्ठ, शुभराज राई र अकबर राईको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगोलागेका घरहरुमा कपडा पसल, सिलाई कटीङका बस्तुहरु रहेकाले करिब ५ करोड बराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।

    केपिसालगढी गाउपालिकाको उपाध्यक्ष राईको अध्यक्षतामा बसेको आकास्मिक बैठकले आगोलागी पिडीतहरुका लागि तत्काल पुनस्थापना र राहत सामाग्री उपलब्ध वितरण गर्ने निर्णय गरिएको छ। उक्त बैठकले क्षतिपूर्तिका लागि संधीय सरकार र प्रदेश सरकार लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गर्ने र आगोलागी नियन्त्रणमा ज्यानको बाजी थापेर आगो नियन्त्रण गर्न खट्नु हुने नेपाल प्रहरी, स्थानीय आम बाक्सिलाबासी महानुभावहरुलाई धन्यबाद ज्ञापन गर्ने निर्णय गरिएको उपाध्यक्ष राईले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...