News Portal

  • मोरङको रंगेली साहित्यकला समाजको उद्धाटन, स्रस्टाहरुलाई सम्मान गऱ्यो

    हिमालीसंचार संवाददाता
    २२६ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा “मौलिक संस्कृति नै रंगेलीको पहिचान, भाषा अनि साहित्य हाम्रो अभियान” भन्ने मुल नाराका सहित रंगेली साहित्यकला समाजको उद्धाटन र स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

    मोरङको रंगेलीमा पहिलो पटक रंगेली साहित्य कला समाजको स्थापना समेत गरिएको हो। रंगेली नगरपालिका वडा नं. -७  स्थित तिरुपति बालाजीको भवनमा कार्यक्रम्मको आयोजना  गरिएको थियो । 

    आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंक न्यौपाने,    विशिष्ट अतिथि रंगेली नगरपालीका प्रमुख दिलिप बगडिया, अतिथि उपमेयर भुमा पराजुली, संस्थाका चिञ्जिवि  काफ्ले, संस्थाका अध्यक्ष रमेशचन्द्र अधिकारी, अबिषेक अधिकारी, वुनु लामिछाने, भरत गुरागाई, दधिराज सुवेदी, मोरङ र झापका साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो ।  

    समुद्घाटन, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा  प्रा . डा माधव प्रसद पोख्रेल, प्रा.डा वणीमाधव ढकाल, साहित्यकार केदार सत्याललाई समेत सम्मान समेत गरिएको थियो। कार्यक्रममा सहभागीहरुले रंगेलीमा अन्यन्त्र रहेका साहित्यकारहरुलाई निमत्रणा गरेर आफुहरुलाई सम्मान गरेका थिए। स्थानीय साहित्यकारहरु उत्साहित भएको समेत बताए । 

    सम्मानित स्रष्टाहरु प्रा.डा. माधवप्रसाद पोखरेल, साहित्यकार एवम् लामो समय रंगेलीमा रहि शिक्षण पेसामा आवद्ध केदार सत्याल, प्रा.डा. वेणीमाधव ढकाल र पहिलो महिला महाकाव्यकार बुनु लामिछाने,  प्रा.डा. टंक न्यौपाने लगायतलाई  रंगेली नगर प्रमुख दिलिप बगडियाले सम्मान गरेका थिए। 

    आगामी दिनहरुमा साहित्यक कार्याक्रम्मलाई प्रोत्साहन गर्ने र अझै भव्य रुपमा गरिदै लैजाने मेयर बगडियाले बताए । रंगेली नगरपालिकाको प्रवर्द्धक र रंगेली साहित्य कला समाजले उक्त कार्यक्रको आयोजना गरेका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...