News Portal

मेयर साम्पाङको अभियानलाई भोजपुरमा स्थापित फाउन्डेसनद्वारा आर्थिक सहयोग ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
२१९ पटक

धरान – धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले अभियानको रुपमा शुरु गरेको जनश्रमदान तथा वृक्षरोपन कार्यक्रमलाई स्व.जनकमाया र भूइदल राई फाउन्डेसनद्वारा आर्थिक सहयोग गरिएको छ।

भोजपुर जिल्लाको हतुवागढी-१ स्थित विस २०७५ सालमा केन्द्रिय कार्यालय र देउराली मार्ग-२३ काठमाडौंमा सम्पर्क कार्यालय रहेको फाउन्डेसनले धरानका मेयर साम्पाङको अभियानलाई मेयर साम्पाङको  कार्यकक्षमै पुगेर बधाइ तथा शुभकामना सहित नगद १ लाख १ हजार ५ रुपैया फाउडेसनका अध्यक्ष गंगाराज राईले मेयर साम्पाङलाई सहयोग हस्तान्त्रण गरेका थिए। त्यस्तै, सचिव किवाङ हाङ राई र उपाध्यक्ष पिर्थराज राईद्वारा हस्ताक्षरित प्रसंशा-पत्र प्रदान गरी सम्मान गरिएको थियो। 

‘सडकमा एक्लै अभियान चलाई धराने जनताको खानेपानी समस्या, भ्रष्टाचार र अनियमितता जस्ता विविध विषयमा खरो आवाज उठाइरहने तपाईको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं’, प्रशंसापत्रमा भनिएको छ, ‘तपाईले सडकमा गर्नुभएको एकल अभियानप्रति हामी प्रभावित छौं । 

साहित्यकार एवं लेखक स्व. भुईदल राईले धरानको जनसमुदायमा सामाजिक, राजनीतिक, आर्थिक र विविध विषयमा गर्नुभएको एकल जनचेतनाको अभियानको प्रतिविम्व आएको तपाईमा महसुस गर्दै तपाईले जनश्रमदानको माध्यमबाट धरानबासीलाई खानेपानीको समस्या समाधान गर्नुका साथै खानेपानीको स्रोत सुक्न नदिनको लागि सर्दुल खोलामा जनश्रमदानबाट वृक्षारोपण अभियान सञ्चालन गर्नुभएको प्रशंसनीय कार्यलाई विस २०४४ सालमा धरानको उत्तरमा क्षेत्रमा रहेको धरानका पाखाहरुमा वृक्षारोपण गरी उपयोग गर्नुपर्छ भन्ने भावनासहित लेखी प्रकाशन गर्नुभएको पुस्तक “मेरो आँखामाः सुन फल्ने पाखा”को कार्यान्वयनको थालनी हो भनी मनन र मूल्याङ्कन गरी मेयर साम्पाङलाई प्रशंसापत्र प्रदान गरिएको सचिव किवाङ हाङ राईले बताए। 

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...