News Portal

लागूऔषध दूर्व्यासनी विरुद्धको अभियान लिएर मेयर साम्पाङ फोकल्याण्ड टापु पुगे (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३०६ पटक

धरान – धरानका मेयर हर्क साम्पाङले निर्वाचित भएको पहिलो हप्तादेखि अभियानको रुपमा शुरु गरेको लागूऔषध विरुद्धको कार्यक्रम धरान-१७ स्थित फोक्ल्याण्ड टापुमा सम्पन्न गरिएको छ।

मेयर साम्पाङले दुर्व्यासन विरुद्धको कार्यक्रम हरेक हप्ताको शुक्रबार साझ ठीक ४ः३० बजे नगरका कुनै न कुनै टोल, चोकहरुमा पुगेर विभिन्न सन्देशमुलक प्ले कार्टमा सन्देश मुलक तस्वीरहरु, पोष्टरहरु बोकेर सचेतना कार्यक्रम संचालन गर्दै आएका छन्।

धरानमा प्रत्येक हप्ता शुक्रबार संचालन गरिने यो अभियान हेर्दा सानो देखिएता पनी पछिल्लो समय बृहत हुदै भएको छ। विशेष गरेर सचेत धराने समुह धरान, स्वतन्त्र नागरिक समाज धरान र बाझगरा एकता युवा क्लब धरान-१५ लगायत स्थानीय महिला दिदिबहिनी, दाजुभाई तथा युवाहरु आफ्नो मौलिक भेषभूषामा सजिएर सचेतना कार्यक्रममा सहभागिता भएका थिए।

धरानमा लागूऔषध विरुद्धको जनचेतनाका लागि संचालित कार्यक्रममा साहित्यकारदेखि युवा कलाकारहरुले गीत,कविता र गजल प्रस्तुत गरेर कार्यक्रमलाई व्यापकता दिदै आएका छन् । आज पनी साहित्यकार तथा सचेत धराने समुहकी सदस्य हेनसेन याक्खाले मिठो गजल प्रस्तुत गरेकी थिईन्। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...