News Portal

कम्युनिस्ट सरकार असफलतातर्फ उन्मुख : डा.नारायण खड्का

हिमाली संचार संवाददाता
६२७ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले डा.केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनु भएको छ । ७ महिनाको यो छोटो कार्यकालको संकेत हेर्दा हामीले अनुमान गर्न सक्छौं ।’

नेकपाकै बरिष्ठ नेता माधवजीले ‘जहाज डुब्नै लाग्यो कोही आएर बचाईदेऊ’ भनेर गीत गाएका छन् । ‘मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर बोल्नुभएको हो’ उनले भने, ‘झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ । प्रचण्डजीको बोली पनि सकारात्मक छैन । सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

७ महिनाको कार्यकालको समिक्षा हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मुख रहेको संकेत देखा परेको उनले बताए ।

नेकपाका नेता केशव बडालले भने सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने, ‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन ।’ उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...