News Portal

  • पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

    हिमालीसंचार संवाददाता
    १९९ पटक

    कास्की। बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो।

    यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) समक्ष अनुमतिका लागि निवेदन दिएको छ।

    “पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरबाट हुनेछ”, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने।

    पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ।

    पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ। विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने, आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ।

    अन्तर्राष्ट्रिय विमान कम्पनीको चासो !

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेका छन्। विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

    विमानस्थलबाट नेपाली विमान कम्पनीहरु बुध्द एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिसकेका छन्। अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडानमा चासो व्यक्त गरेको छ।

    विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ। विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...

    दाजुको हत्या गरी फरार भएका युवक भारततर्फ भाग्दै गर्दा सीमाबाट पक्राउ

    सिराहा, साउन १२ – सिराहाको गोलबजारमा सामान्य पारिवारिक विवादले उग्र रूप लिँदा सहोदर दाजुको हत्या...

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...