आज : २०२६-०६-११, बिहीबार

मोरङको रंगेलीमा सरस्वती मन्दिर निर्माण हुने

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ६   सरस्वती टोलमा सरस्वती मन्दिर निर्माण हुने भएको छ । 

आज एक कार्यक्रमको आयोजना गर्दे नवनिर्मित मन्दिरको  शिलान्यास रंगेली नगरपालिका नगर प्रमुख दिलिप बगडिया, वडाअध्यक्ष टंक आचार्य, सुजित मण्डल, रामचन्द्र मण्डल, अबघेष मण्डल, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति समेत  रहेको थियो । 

त्यस्तै, स्थानीय संन्जिव श्रेष्ठ, ईश्वर पोख्रेल, मुरारी सोर्णकार, बंजरग अग्रवालले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि सो जग्गा मन्दिरको नाम पास समेत गरेको दिएको सन्जिब श्रेष्ठले बताए । 

उक्त जग्गामा स्थानीयहरुको आर्थिक सहयोगमा मन्दिर शिलान्यास सुचारु गरिएको समितिका राजु महत्तोले बताए । उक्त मन्दिरको कुल लागत ३० देखि ४० लाख रुपैयाँ सम्म हुन सक्ने स्थानीयले बताए ।