News Portal

  • कोशीको पानी धरान ल्याउने प्रक्रियामा मेयर साम्पाङ कुटनीतिक पहलका लागि बराहक्षेत्र पुगे (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३०१ पटक

    धरान – धरानका मेयर हर्क साम्पाङले छिमेकी नगरपालिका बराहक्षेत्रका मेयर रमेश कार्कीसंग सप्तकोशीको पानी धरान ल्याउने विषयमा कुटनीतिक पहलका लागि बराहक्षेत्र नगरपालिका पुगेर सहयोग गर्न आग्रह गरेका छन्।

    मेयर साम्पाङ आज प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल सहित कुटनीतिक पहलका लागि बराहक्षेत्र नगरपालिका पुगेका हुन्। बराहक्षेत्र नगरपालिको वडा नं.१ स्थित चावचा, बाग्देलबारी, सूर्यकुण्ड र चियाबारीको भूभाग प्रयोग गर्नु पर्ने भएकाले मेयर साम्पाङ आवश्यक सहयोगका लागि समन्वय गर्न बराहक्षेत्र पुगेका हुन्। 

    बराहक्षेत्रका मेयर कार्कीले आफुसंग भएको श्रोत साधनहरुको उपयोग गरेर नगरको विकासमा सहकार्य गर्न समेत मेयर साम्पाङसंग आग्रह गरे। उनले बाङ्गे बजारदेखि धरानजाने १२ किलोमिटरको सडक खण्ड मध्ये ६ किलोमिटरको ठेक्का लागेको छ। अन्य वाकी ६ किलोमिटरको सडक खण्डका लागि आवश्यक पहल गर्ने समेत बताए। 

    त्यस्तै धार्मिक सर्किटको रुपमा रामधुनी, गिद्ध रेष्टुरेन्ट, चक्रघटी बसपार्क, बराहक्षेत्र मन्दिर, सूर्यकुण्ड, विष्णुपादुका, बुढासुब्बा विजयपुर, दन्तकाली हुदै अमाह सिमसार शंकरबेली भएर रामधुनी जोड्नका लागि धार्मिक सर्किट सडक विस्तार गर्ने जोड्ने सहमति भएको बताए। 

    नगरस्तरिय बैठकबाट फोहोर व्यवस्थापनका विषयमा समेत छलफल गरी समजदारी गरेर ल्याफिल्ड साइट निर्माण लगायत सडक विस्तारको विषयमा समेत मेयर साम्पाङसंग छलफल भएको थियो। 

    बराहक्षेत्र नगरपालिकाको मेयर कार्कीको कार्यकक्षको भेटघाट पश्चात मेयर साम्पाङ र मेयर कार्की स्थलगत अनुगमनका लागि चतरा स्थित सप्तकोशी पुगेर स्थलगत अवलोकन गरेका थिए। चतरामा स्थलगत अवलोकनका लागि धरान उपमहानगरपालिकाको उपमेयर अन्द्रविक्रम बेधा पनी उपस्थित रहेको थियो। उनी अन्य कार्यक्रममा सहभागि भएर साझ स्थलगत अवलोकनका लागि सप्तकोशी चतरा पुगेका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...