News Portal

नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
५०९ पटक

मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। 

आदिबासी जनजातिहरुको मौलिक चाड पर्वहरुको पूर्व सन्ध्यामा नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना गरी नेपाली समुदायहरु वीचको सद्भाव, भाइचारा आत्मिक सम्बन्धलाई वलियो बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका सचिव मेघराज नयोङहाङ लिम्बुले हिमालीसंचारडटकमसंग बताए। 

कोरोना महामारीको कारण मकाउ सरकारले विशेष लकडाउन गरिएको मकाउमा पछिल्लो समय मकाउमा सार्वजनिक कार्यक्रम तथा भेटघाट पातलिएको समयमा महासंघले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम पोर्तास बोडरगेट मकाउमा आयोजना गरेको हो। 

मकाउमा गठीत जातिय संघ संस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको सचिव नयोङहाङले बताए। सचिव नयोङहाङका अनुसार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा मकाउ, तामाङ धेदुङ संघ मकाउ,  गुरुङ ‘तमु’ समाज मकाउ सार चीन, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, नेवा गुठी संघ मकाउ र गैरआवासीय नेपाली संघ मकाउको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

मकाउमा ओक्टुवर महिनासम्म पब्लिक सेक्युरिटी पोलिस फोर्सका अभिलेख अनुसार २,७७२ जना नेपाली श्रमिकहरुले मकाउमा श्रम गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...