
मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ।
आदिबासी जनजातिहरुको मौलिक चाड पर्वहरुको पूर्व सन्ध्यामा नेपाल आदिवासी जनजाति महासंघ मकाउद्वारा भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना गरी नेपाली समुदायहरु वीचको सद्भाव, भाइचारा आत्मिक सम्बन्धलाई वलियो बनाउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका सचिव मेघराज नयोङहाङ लिम्बुले हिमालीसंचारडटकमसंग बताए।
कोरोना महामारीको कारण मकाउ सरकारले विशेष लकडाउन गरिएको मकाउमा पछिल्लो समय मकाउमा सार्वजनिक कार्यक्रम तथा भेटघाट पातलिएको समयमा महासंघले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम पोर्तास बोडरगेट मकाउमा आयोजना गरेको हो।
मकाउमा गठीत जातिय संघ संस्थाका प्रतिनिधिहरुको व्यापक उपस्थिति रहेको सचिव नयोङहाङले बताए। सचिव नयोङहाङका अनुसार किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा मकाउ, तामाङ धेदुङ संघ मकाउ, गुरुङ ‘तमु’ समाज मकाउ सार चीन, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, नेवा गुठी संघ मकाउ र गैरआवासीय नेपाली संघ मकाउको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
मकाउमा ओक्टुवर महिनासम्म पब्लिक सेक्युरिटी पोलिस फोर्सका अभिलेख अनुसार २,७७२ जना नेपाली श्रमिकहरुले मकाउमा श्रम गरिरहेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
