News Portal

धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ आगामी फागुन १३ गते हुने (भिडियो सहित)

प्रमुख आकर्षक व्यक्तित्वमा बिबिसी सेफका विजेता सन्तोष शाहको उपस्थिति रहने!

हिमालीसंचार संवाददाता
५३७ पटक

धरान – धरान रन समुहले “शिक्षाको निम्ति च्यारेटी दौंड” भन्ने मुल नारा सहित धरान रन समुह धरानले आगामी फागुन १३ गते शनिबार धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ दौंड प्रतियोगिता गर्ने भएको छ। 

धरान रन समुहको ११औं बर्ष पुरा भएको गौरवमय अबसरमा धरान १० किलोमिटर रन प्रतियोगिता विगतभन्दा फरक र भव्यरुपले नेपालकै धेरै धावकहरुको सहभागिता रहने एवम् यो एधारौं संस्करणमा जनचेतनामुलक कार्यक्रम सहित व्हिल-चेयर रेस प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएका छन्। 

धरान रनको आयोजनामा प्रत्येक बर्ष फागुन महिनामा अन्तराष्ट्रिय स्तरको नेवा च्यारेटी १० किलोमिटर रनको रुट भानुचोकदेखि दुर्गाचोक, बुद्धचोक, रत्नचोक,मंगलबारे, कल्याणचोक, पाटीटंकी, गणेशमानचोक, रंगशाला, चिरोपोइट, अमरहाट, रेडक्रश भवन, हातिसार, विजयपुरचोक, पिण्डेश्वर मन्दिर, चिनियाचोक, पुरानोबजार,देशीलाइन हुदै भानुचोकमा सम्पन्न हुने समेत आयोजकले जानकारी दिए। 

यो प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरुको सहभागिता हुने आयोजकले जानकारी दिएका छन्। यस प्रतियोगिताबाट संकलित रकम अपाङ, असहाय, महिला तथा बालबालहरुको स्वास्थ्य शिक्षाका लागि अक्षयकोषमा जम्मा गर्दै आएको संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिए। 

विस २०६९ सालदेखि शुरु गरिएको प्रतियोगिताका संकलित रकम समाजका विभिन्न अपाङ, असाहय बालबालिकाको निम्ति अक्षयकोष, जेहेन्दार समुदायका विधालयका विधार्थीहरुको पढाइ खर्च, पोशाक, कापीकलम, व्याग, जुत्ता लगायतमा समेत सहयोग गर्दै आएको यस समुहले दश किलोमिटर रन, एघारौं नेवा च्यारेटी रन प्रतियोगिता गर्ने भएको हो। 

संस्थाले एघारौं संस्करणमा नेपालमा दौड प्रतियोगितामा पहिलो पटक चिप टाइमिङ सिस्टम प्रयोग गर्न लागेको छ। प्रत्येक धावकले चेस्ट नम्बरमा उक्त टाइमिङ चिप लगाएर दौड शुरु गर्नु पर्ने हुन्छ। त्यस्तै यो पटकदेखि खेलाडीले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। आयोजकले www.dharanrun.org.np मा गएर नाम दर्ता गर्न सकिने बताएका छन्। यो पटक १३ बर्ष उमेर समुहसम्मका लागि ३,०० र अन्य उमेर समुहका लागि ५,०० प्रवेश शुल्क लाग्ने E-sewa मार्फत भुक्तान गर्न सकिने आयोजकले बताएका छन्। 

प्रतियोगितामा १६ बर्षदेखि ३९ बर्षभित्रका खुल्ला दौड समुहका प्रथम, दोस्रो र तेश्रो विजेता पुरुष/महिला खेलाडीका लागि पुरस्कार राशी क्रमश ६० हजार, ४० हजार र ३० हजार रहेको छ। यता, १३ बर्षभन्दा सानो उमेर समुहका पुरुष/महिला खेलाडीका लागि क्रमश ७ हजार, ५ हजार र ३ हजार त्यस्तै, ४० बर्षदेखि माथीका भेट्रोन दौड समुह अन्तरगत विजेता खालाडीका लागि क्रमश ७ हजार, ५ हजार र ३ हजार साथै ६० बर्ष उमेर समुहभन्दा माथिका धावक खेलाडीका लागि समेत आकर्षक पुरस्कार रहेको अध्यक्ष रमु राईले जानकारी दिए। 

धरानका स्थानीय धावक खेलाडीका लाकि प्रोत्साहन स्वरुप पहिलो र दोस्रो हुने पुरुष/महिलाका लागि आकर्षक पुरस्कार, प्रतियोगितामा सहभागि सबै धावकहरुलाई टि-सर्ट र पहिला आइपुग्ने धावकलाई आकर्षक मेडल प्रदान गर्ने र धरान रन समुह मातहतमा रहेको नेवा च्यारेटी रन’बाट स्थापना गरिएको “नेवा एजुकेशन फण्ड” अन्तरगत सामुदायिक विधालयका १२ जना जेहेन्दार विधार्थीहरुलाई प्रदान गर्दै आएको छात्रवृतिलाई निरन्तरता दिने समेत जानकारी दिए। 

धरानको वातावरण स्वच्छ र सफा राख्न प्रतियोगिता अबधिभर प्लाष्टिकजन्य बोटल, गिलास आदि प्रयोगमा न्यूनिकरण गर्ने, सदा झै च्यारेटी रन प्रतियोगितामा खेलकूद तथा समाजमा योगदान पुऱ्याउने व्यक्तिलाई धरान रन समुहबाट कार्यक्रममा सम्मान गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए। 

आयोजित पत्रकार सम्मेलनमा “नेवा एजुकेशन फण्ड” मा राखिएको रकमको त्रैमासिक व्याजबाट सामुदायिक विधालयका जेहेन्दार १२ जना विधार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर, कलमकापी प्रदान गरिएको थियो।  

आयोजित कार्यक्रम सफल पार्नका लागि स्थानीय धरानवासी जनसमुदाय समक्ष १३ गते विहान ७ बजेदेखि ९ बजे दुइ घण्टा निर्धारित गरिएको रुटमा ट्राफिक सम्बेदनसिलतालाई मध्यजनर गरेर सम्बन्धित सबै महानुभावहरुले आवश्यक सहयोग गरिदिन हुन विशेष आग्रह समेत गरे। त्यस्तै, आकर्षक व्यक्तित्वका रुपमा बिबिसी सेफका विजेता सन्तोष शाहको उपस्थिति रहने संस्थाका अध्यक्ष रमु राईले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...