News Portal

वामदेव गौतम ससंदमा : माधव नेपाल

७९८ पटक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् ।

शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो खुलासा गरेका हुन् । उनले गल्ती स्विकार गर्दै भने,”वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु हाम्रो कमजोरी भयो । उहाँलेमात्रै होईन, नारायणकाजीले पनि जित्नुपर्दथ्यो । अब उहाँहरुलाई संसदमा ल्याउनेबारे छलफल गर्नुपर्छ।”

उनले नेता गौतम चुनाव उठ्दा कसैलेपनि आपत्ति गर्न नहुने धारणा समेत राखे। उनले भने,”पार्टीभित्र कुनै विरोध भएको छैन । गौतमजी ससंदमा चाहिन्छ ।” उनले वामदेवलाई संसदमा ल्याउनेबारे सबैको एकमत रहेको पनि सुनाए ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्ने पक्षमा अहिले कोही पनि नरहेको उनले स्पष्ट पारे । उनले भने -अस्थिरता पैदा गर्ने काम कसैले पनि गर्नुहुँदैन् । यो पार्टीले नै ५ वर्षसम्म सरकार चलाउँछ । कम्युनिष्ट पार्टीले नै अर्को पाँच वर्ष, अर्को पाँच वर्षसम्म पनि सरकार चलाउँछ ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...