News Portal

नेपाली, हिन्दी र अंग्रेजीमा चलचित्र “गोर्खा वारियर”

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं। आगामी सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’ अब तीन भाषामा आउने भएको छ। यो चलचित्रको फस्ट लुक्स मंगलबार सार्वजनिक गर्दै निर्माता निर्देशक मिलन चाम्स यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार यो चलचित्र चलचित्र नेपाली, हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको छ। अंग्रेजी संस्करणलाई हलिउडको वितरकले, हिन्दी संस्करलाई भारतीय वितरकले र नेपाली सँस्करणलाई नेपालको वितरकले वितरण गर्ने उनको बताएका छन्।

यसै क्रममा गोर्खा वारियरको फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर मंगलबार सार्वजनिक गरिएको छ। फस्ट लुक्स (पोष्टर) मा सन १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई समेटिएको छ।

एउटा पोष्टरमा अभिनेता रितेश चाम्ससहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन्। यस्तै अर्को एक पोष्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन्।

मुख्य अभिनेता रितेशसहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेको दृष्य तेश्रो पोष्टरमा छ। युद्ध सम्बन्धि ऐतिहाँसिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग खैरो बनाईएको निर्माण पक्षको कथन छ।

रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ। यो सिनेमा ‘वार’ जनरामा निर्माण भएको छ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन्। यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन्।

यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो। यसमा हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ। यस्तै गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी छ। यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ।

यस अघि दर्जन चलचित्र निर्देशन गरिसकेका मिलन चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जंगल वार’ युद्धमा गरेको संघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा पुर्याउँदै छन्।

यसपछि यो फिल्मका अन्य सृँखला निर्माणको पनि उनले घोषणा गरिसकेका छन्। चलचित्र नेपाल सहित विश्वका सिनेमा हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन्। यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा समेटिएको पनि उनको कथन छ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...