News Portal

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८६० पटक

धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १४,४२६ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् ।निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७८,४१२ मतपरिणाम अनुसार राईले १४,४२६ मत प्राप्त गरी अग्रता लिएका हुन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले १४,२०८ मत प्राप्त गरी जसपा नेपालका राईलाई पछ्याई रहेकी छिन्। राईले २१८ मत सहित अग्रता बढाउदै लगिरहेका छन्।

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले – ११,२६६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा – ७,०३६ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले – ६,६०९ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जारमा – ३,४३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...