News Portal

मेयर साम्पाङको अभियानमा हङकङबाट आएका दम्पत्तिले गरे आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६१६ पटक

धरान – घरानका मेयर हर्क साम्पाङले संचालन गरेका श्रमदान अभियानलाई धरान-१३ निवासी विगत धेरै लामो समयदेखि हङकङक बस्दै आएका युगल जोडीले आर्थिक सहयोग गरेका छन्। 

धरान-१३ निवासी दिपेन्द्रकुमार राई र मीना राईले आफ्नो स्वर्गिय माता-पिताको सम्झना श्रमिकहरुका लागि खाजा खर्च स्वरुप ५० हजार रुपैया र श्रमदानमा सहभागी श्रमिकका लागि ३६ जोडी हेन ग्लोवस् श्रम संस्कृति पार्क भित्रको मकालु क्षेत्र परिसरमा पुगेर मेयर साम्पाङलाई हस्तान्तर गरेका थिए।

मेयर साम्पाङ हरेक शनिबार श्रमसंस्कृति पार्क भित्रका विभिन्न क्षेत्रहरुमा विरुवामा सिचाई गर्न व्यस्त हुन्छन्। उनीहरु त्यहि पुगेर अभियन्ता तथा युवा नेता समीर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरे भने हङकङबाट ल्याएका हेनग्लोवस् मेयर साम्पाङलाई हस्तान्तरण गरिएको थियो । मेयर साम्पाङलाई प्रत्येक्ष भेटन पाउदा हर्ष लागेको प्रतिक्रिया दिएका उनीहरुले धरानका नाम विश्वभर फैलाई दिएको भन्दै उनीहरुले हार्दिकता सहित आभार व्यक्त गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...