News Portal

सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: राष्ट्रिय स्वतन्त्र पार्टीको ९८० मतको अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१२ पटक

धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल ३६,०४५ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ७,१३५ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। जसपा नेपालका उम्मेदवार अशोककुमार राई भन्दा ९८० मत सहित अग्र स्थानमा रहेकी छिन्। 

एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ६,१५५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ५,८९६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। 

एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ४,९६२ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ३,९४९ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-१,८८९ मत, अर्का स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,४८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-१२४ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-४२ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-१०१ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-३१२ मत प्राप्त गरेका छन्। 

यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-१४४ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-९२ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-७७२ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-१६६ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – ७० मत,  स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-२२ मत प्राप्त गरे।

स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-३४ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-५४ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-९६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...