News Portal

धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी

हिमालीसंचार संवाददाता
४७१ पटक

धादिङ – प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन्।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन्।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन्। यो क्षेत्रमा ८० हजार ६ सय १५मत खसेको थियो।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्। पाण्डे गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन्। त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन्।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...