News Portal

सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणामः माओवादीको अग्रता कायमै, जसपा नेपाल निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५३४ पटक

धरान – सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ८९८ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले एक हजार ५६८ मत प्राप्त गरी दोस्रो स्थान कायम गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शरिन ख्वाङ तामाङ (गोमा) ले एक हजार ५०० मत, एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा एक हजार २०२ मत र राप्रपाका अशोक राई (अविरल) ले एक हजार १११ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। 

त्यस्तै, पानीको जार-२५१, घण्टा घर-१५०, सूर्यमुखी-१४१, पाचकुने तारा-४५, दापसहितको खुकुरी-४४, लाउड स्पिकर-३४, पानीको फिल्टर-२२, सेलरोटीको चाङ-१८, चापकल-१७, कुखुराको भाले-११, ढाका टोपी-१०, पुतली-८ र छत्रे टोपीमा-६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको हो। 

अहिले निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुनसरी-१ प्रतिनिधिसभा सदस्य तर्फको मतगणनाको कुल ८ हजार ४३६ मतगणनाको मतपरिणाम सार्वजनिक गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...