News Portal

सुनसरी – १ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: माओवादीको अग्रता कायमै, छाता निरन्तर दोस्रो स्थानमा (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४१९ पटक

धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले एक हजार ५५५ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले एक हजार ३४१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी शरिन ख्वाङ तामाङ (गोमा) ले एक हजार २८८ मत, एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा एक हजार १५४ मत र राप्रपाका अशोक राई (अविरल) ले एक हजार ५६ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ।

पछिल्लो समय निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सुनसरी-१ प्रतिनिधिसभा सदस्यको मतपरिणाम धरान वडा नं. १ देखि वडा नं. ५ को मतगणनाको कुल ७ हजार ४३६ मतगणना मतपरिणाम सार्वजनिक गरेका हुन्।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...