News Portal

सुनसरी क्षेत्र नं. १ को मतगणना धरानको सभागृहमा दिनको १ बजेदेखि मतगणना हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२५५ पटक

धरान – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हिजो सम्पन्न भएको निर्वाचन अन्तरगत सुनसरी क्षेत्र नं. १ धरानको कार्यालय सभागृह भवनमा विहान ९ः०० बजे बसेको सर्वपक्षीय बैठकले सुनसरी क्षेत्र नं. १ धरानमा अपह्रान्न दिनको १ बजेदेखि मतगणना शुरु गर्ने भएको छ। 

आज विहान बसेको सर्वपक्षीय बैठकले २८ बुदामा सर्बपक्षीय निर्णय गरी अहिले दिनको १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए। 

सुनसरी क्षेत्र नं. १ मा मतदान कार्य सम्पन्न भइ मतपेटिका संकलन भइसकेको हुदा मतगणना गर्नु पर्ने मतपत्र, उपलब्ध स्थान र सुरक्षा व्यवस्था समेतको आधारमा तत्कालै चार वटा मतगणना टोली परिचालन गर्ने, मतगणना गर्ने प्रत्येक टोलीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सम्बन्धित  उम्मेदवार तथा समानुपातिक निर्वाचन प्रणाली तर्फ सम्बन्धित राजनीतिक दलका एक-एक जना प्रतिनिधि रहने त्यस्तै स्वतन्त्र उम्मदवारहरुको प्रतिनिधिको हकमा सबै उम्मेदवारहरुको उम्मेदवारी दिएको क्षेत्रका एक एक जना नै प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश दिने सहमति समेत भएको छ। 

सुनसरी क्षेत्र नं. १ मा ५५ दशमलप ६१ प्रतिशत मत खेसेको समेत निर्वाच अधिकृत अर्यालले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...