आज : २०२६-०९-२०, आइतबार

मकवानपुरमा मतगणना विहान १० बजेदेखि शुरु

युवा राई हेटौडा – मकवानपुरमा विहान १० बजेदेखि मतगणना हुने भएको छ । विहान सर्वदलीय बैठक बसेर विहान १० बजेदेखि मतगणना हुने भएको हो ।

राति अबेरसम्ममा सबै मतपेटिका मतगणना स्थल हेटौंडा-२ स्थित सिद्धार्थ माविमा आइपुगेको छ । मकवानपुरमा  ५९ प्रतिशत मात्रै मत खसेको छ ।

मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।