News Portal

  • सिम्रिकको नयाँ अत्याधुनिक हेलिकोप्टर काठमाडौंमा

    ४६३ पटक

    २ कात्तिक, काठमाडौं : निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिमि्रक एयरले नयाँ हेलिकोप्टर भित्राएको छ । सिम्रिकले फ्रान्सेली जहाज निर्माता एयरवस हेलिकोप्टर्सले निर्माण गरेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर भित्र्याएको हो । यो हेलिकप्टोरको कल साइन ९ एन एकेडी हो ।

    सात सीट क्षमताको यो हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा उद्दार, दृश्यावलोकन तथा पर्यटकीय गतिविधि, कार्गो लगायतमा प्रयोग गर्ने उद्देश्य सहित ल्याइएको हो ।

    यो हेलिकोप्टरमा अहिलेसम्मकै उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । नयाँ हेलिकोप्टरले नेपालको पर्यटन क्षेत्रमा सेवा पुर्‍याउनुका साथै आपतकालीन समयमा मानवीय क्षती कम गर्न तत्काल राहत तथा उद्दारमा पुग्न सक्ने कम्पनीको विश्वास छ । कम्पनीे २०१९को फेब्रुअरीसम्म अर्को हेलिकोप्टर पनि ल्याउने तयारी कम्पनीको छ ।

    यो विमान ६३८ किलोमिटरसम्म लगातार उड्न सक्छ । अत्याधुनिक प्रविधि र उडान क्षमताको यो हेलिकोप्टर नेपालकै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि थप प्रभावकारी साधन बन्न सक्ने सिमि्रकको विश्वास छ ।

    उच्च हिमाली क्षेत्रमा सहजै उद्दार गर्न अति नै सफल हेलिकोप्टर कम्पनि सिमि्रकका हेलिकोप्टरले २३ हजार फिट सम्म उडान गर्न सक्छ । सिमि्रकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट रेस्क्यू, हिमाल तथा पहाडी भेगमा विकास निमाणको लागि सामान झुण्डाएर गर्ने (सिलिङ कार्गो) सेवालाई प्रभावकारी बनाउँदै जाने भएको छ ।

    यो हेलिकोप्टर नेपालको पर्यटकीय सेवाको लागी विशेष उपयुक्त हुने छ । सिम्रिकका हेलिकोप्टरले उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्धार एवं विकास निर्माण कार्यमा बढी उपयोगी सेवा दिइरहेको छन् ।

    नयाँ हेलिकोप्टरले नेपालमा पछिल्लो समय बढ्दै गएको पर्यटकीय सेवा र दृश्यावलोकान तथा हिमाली भेगमा उद्दारका निम्ति सिम्रिकको सेवा थप प्रभावकारी हुने छ ।

    २०५८ सालदेखि एमआई-१७ नामको रसियन हेलिकोप्टरबाट उडान सुरु गरेको यस विमान सेवा कम्पनीले १७ वर्ष देखि नै अनवरत रुपमा सेवा दिइरहेको छ । स्वदेशी तथा विदेशी पर्यटक ट्राभल एजेन्सी विभिन्न सरकारी तथा गैरसरकारी एवं व्यक्तिगत तथा व्यक्तिगत र्फमहरुबाट पाएको हौसला, माया सद्भावनालाई प्रेरणाको स्रोत बनेको पनि सिम्रिकको बुझाई छ ।

    सिमि्रक एयरले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिक स्थल दर्शन, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, उच्च हिमाली पर्वतीय दृश्यावलोकन गराउने गर्छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...