News Portal

सिम्रिकको नयाँ अत्याधुनिक हेलिकोप्टर काठमाडौंमा

५५१ पटक

२ कात्तिक, काठमाडौं : निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिमि्रक एयरले नयाँ हेलिकोप्टर भित्राएको छ । सिम्रिकले फ्रान्सेली जहाज निर्माता एयरवस हेलिकोप्टर्सले निर्माण गरेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर भित्र्याएको हो । यो हेलिकप्टोरको कल साइन ९ एन एकेडी हो ।

सात सीट क्षमताको यो हेलिकोप्टर उच्च हिमाली क्षेत्रमा उद्दार, दृश्यावलोकन तथा पर्यटकीय गतिविधि, कार्गो लगायतमा प्रयोग गर्ने उद्देश्य सहित ल्याइएको हो ।

यो हेलिकोप्टरमा अहिलेसम्मकै उच्च प्रविधि जडान गरिएको कम्पनीको दाबी छ । नयाँ हेलिकोप्टरले नेपालको पर्यटन क्षेत्रमा सेवा पुर्‍याउनुका साथै आपतकालीन समयमा मानवीय क्षती कम गर्न तत्काल राहत तथा उद्दारमा पुग्न सक्ने कम्पनीको विश्वास छ । कम्पनीे २०१९को फेब्रुअरीसम्म अर्को हेलिकोप्टर पनि ल्याउने तयारी कम्पनीको छ ।

यो विमान ६३८ किलोमिटरसम्म लगातार उड्न सक्छ । अत्याधुनिक प्रविधि र उडान क्षमताको यो हेलिकोप्टर नेपालकै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनको लागि थप प्रभावकारी साधन बन्न सक्ने सिमि्रकको विश्वास छ ।

उच्च हिमाली क्षेत्रमा सहजै उद्दार गर्न अति नै सफल हेलिकोप्टर कम्पनि सिमि्रकका हेलिकोप्टरले २३ हजार फिट सम्म उडान गर्न सक्छ । सिमि्रकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट रेस्क्यू, हिमाल तथा पहाडी भेगमा विकास निमाणको लागि सामान झुण्डाएर गर्ने (सिलिङ कार्गो) सेवालाई प्रभावकारी बनाउँदै जाने भएको छ ।

यो हेलिकोप्टर नेपालको पर्यटकीय सेवाको लागी विशेष उपयुक्त हुने छ । सिम्रिकका हेलिकोप्टरले उच्च हिमाली दृश्यावलोकन, राहत तथा उद्धार एवं विकास निर्माण कार्यमा बढी उपयोगी सेवा दिइरहेको छन् ।

नयाँ हेलिकोप्टरले नेपालमा पछिल्लो समय बढ्दै गएको पर्यटकीय सेवा र दृश्यावलोकान तथा हिमाली भेगमा उद्दारका निम्ति सिम्रिकको सेवा थप प्रभावकारी हुने छ ।

२०५८ सालदेखि एमआई-१७ नामको रसियन हेलिकोप्टरबाट उडान सुरु गरेको यस विमान सेवा कम्पनीले १७ वर्ष देखि नै अनवरत रुपमा सेवा दिइरहेको छ । स्वदेशी तथा विदेशी पर्यटक ट्राभल एजेन्सी विभिन्न सरकारी तथा गैरसरकारी एवं व्यक्तिगत तथा व्यक्तिगत र्फमहरुबाट पाएको हौसला, माया सद्भावनालाई प्रेरणाको स्रोत बनेको पनि सिम्रिकको बुझाई छ ।

सिमि्रक एयरले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिक स्थल दर्शन, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, उच्च हिमाली पर्वतीय दृश्यावलोकन गराउने गर्छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...